
काठमाडौँ, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अघिल्लो वर्षको तुलनामा गत वर्ष नौ हजारभन्दा बढी उजुरी परेको छ ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार अघिल्लो वर्ष २१ हजार उजुरी परेकामा गत वर्ष ३० हजारभन्दा बढी उजुरी परेको हो ।
अघिल्लो वर्षजस्तै गत वर्ष पनि शिक्षा, स्वास्थ्य, स्थानीय विकाससहित जग्गा विवादसम्बन्धी क्षेत्रमा सबैभन्दा बढी उजुरी परेको रिजालले जानकारी दिनुभयो । गत वर्ष विशेष अदालत काठमाडौँमा जम्मा ३०३ वटा मुद्दा दायर गरेकामा ८२ प्रतिशत मुद्दामा सफलता प्राप्त गरेको आयोगले जनाएको छ ।
आयोगले गत वर्ष विशेष अदालतमा दर्ता गराई सफलता प्राप्त गरेका महत्वपूर्ण मुद्दाहरूमा गैह्रकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ महानगरपालिकाका देवेन्द्र डङ्गोल, कम्पनी रजिस्ट्रार कार्यालयका लालबाबु कवारी र समाज कल्याण परिषद्का तत्कालीन कोषाध्यक्ष मनरुप शाहीलाई जरिवाना र कैद सजाय गरिएका छन् । यसैगरी चर्चित उजुरी मुद्दामध्ये डडेल्धुरा जिल्ला वन कार्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आर्थिक अनियमितताको सन्दर्भमा आंशिक सफलता मिलेको पनि आयोगले जनाएको छ ।
आयोगले एकै प्रकारको उजुरी मुद्दाको निर्णय र सजायमा एकरुपता ल्याउन अभियोजन नीति ल्याउन लागेको र प्रत्येक नागरिकले आयोगका बारेमा जानकारी लिन, सूचना र उजुरी सम्प्रेषण गर्न सक्ने व्यवस्था मिलाएको छ । आयोगका सन्दर्भमा जानकारी लिन दिन सहज होस् भन्ने उद्देश्यले गत हप्तादेखि निःशुल्क चौबीसै घण्टा प्रयोगमा ल्याउन सकिने १०७ नम्बरको ‘हटलाइन’को व्यवस्था आयोगले गरेको छ ।
आयोगले सुधारका कार्यक्रमअन्तर्गत आफ्ना कर्मचारीको आचारसंहिता र आन्तरिक कार्यविधिको पुनरवलोकनसहित भ्रष्टाचारका बढी जोखिमयुक्त क्षेत्रको पहिचान र आवश्यकताअनुसार हस्तक्षेप गर्नेसम्मको रणनीति तय गरेको आयोगले जनाएको छ ।
कुल जनशक्तिको करिब २० प्रतिशत प्रहरी जनशक्ति क्रियाशील आयोगमा हाल ८२० कर्मचारी रहेका छन् । संवैधानिक अङ्गका रुपमा व्यवस्था भई केन्द्रीय कार्यालय काठमाडौँमा रहेको आयोगको विकास अवधारणाअनुसार पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय रहेका छन् । यसैगरी पूर्वाञ्चलको इटहरी, मध्यमाञ्चलको बर्दिबास, पश्चिमाञ्चलको बुटवल, मध्यपश्चिमाञ्चलको कोहलपुर र सुदूरपश्चिमाञ्चलको भीमदत्तनगर, कञ्चनपुरमा आयोगको सम्पर्क कार्यालय रहेका छन् । बत्तीसवटा दुर्गम जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई आयोगको केही अधिकार प्रत्यायोजन गरिएको पनि सहायक प्रवक्ता रिजालले राससलाई जानकारी दिए ।
विसं २०४७ माघ २८ गते स्थापना भएको आयोगले विशेष कार्यक्रमका साथ यही माघ २८ गते आफ्नो रजत जयन्ती मनाउँदै छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा