लन्डन । गीतकार करिश्माको सांगीतिक संग्रह ‘मुटु’ सार्वजनिक गरिएको छ । आसफोर्डस्थित केनिङ्गटन सभाहलमा उक्त एल्बमसंगै आंसु लुकाई बिदा….बोलको गीतमा बनेको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको हो ।
उक्त विमोचित एल्बममा एउटा म्यूजिक ट्रयाकका साथ मुटु माझ, नेपालकी छोरी, तिमी मेरो, आंशु लुकाई, तिमी छ्यौ र जहिलेदेखि बोलका आधा दर्जन गीत छन् । जसमा राजेश थापाको एकल संगीत छ भने राजेशपायल राई, स्वरुपराज आचार्य, अञ्जु पन्त, दीपक लिम्बु, रजिना रिमाल, मिलन अमात्य र मेलिना राईले स्वर भरेका छन् ।
विदेशी भूमिमा रहेपनि नेपाली साहित्य साधनामा कलम चलाउंदै आएकी गीतकार करिश्माले यसअघि ‘गुनासो’ नामक कविता सग्रह सार्वजनिक गरिसकेकी थिइन् । दाङ हापुर गाविसका समाजसेवी प्रेम बहादुर घर्तीमगर र आमा विष्णुदेवी घर्तीमगरको जेठो सन्तानको रुपमा करिश्माले जन्म लिएकी थिइन् । आफ्नो बाबा वाल्यावस्थामै भारत बसाई सरेपछि करिश्माले भारतमै उच्च शिक्षा लिएकी थिइन् । उनीसंग हिन्दी साहित्यको पनि अनुभव छ ।
सार्वजनिकीकरण समारोहमा सभापति मगर संघ केन्टका अध्यक्ष उत्तर मगर, कार्यक्रमका प्रमुख अतिथि समाजसेवी धन कुंवर, अतिथिहरु किरांत राई यायोक्खा आसफोर्ड प्राकासका अध्यक्ष ध्यानबहादर राई, किरांत याक्थुङ चुम्लुङ बेलायतका अध्यक्ष काजिमान याक्सो, किरांत राई यायोक्खा बेलायतका सचिव चन्द्रवती राई, गीतकार निर्मला परिवेश, गीतकार सिता शेरचन, सगरमाथा गोर्खा नेपाली समाज आसफोर्डका अध्यक्ष श्री लिम्बु, राप्ती समाजबाट हिक्मत सिंह रोक्का, संघका सल्लाहकार रिटायर्ड क्याप्टेन गंगा मल्ल, संगीतकार विसी राई, गायक गंगाराज राई, पत्रकार जानुका राई लगायत अतिथिहरुले पानसमा दीप प्रज्वलन गर्दै संयुक्त रुपमा एल्बम विमोचन गरे ।
विमोचन समारोहका संयोजक गायक गंगाराज राईले स्वास्थ्य तथा सुरक्षाको जानकारी गराइसकेपछि बिएफविएस गोर्खा रेडियोकी प्रस्तोता रुपा रानाले औपचारिक कार्यक्रम शुभारम्भ गरेकी थिइन् ।
विमोचन कार्यक्रममा वातावरणवीद तथा साहित्यकार विजय हितानले स्वागत मन्तव्य व्यक्त दिएका थिए ।
विश्व नेपाली साहित्य महासंघका केन्द्रिय अध्यक्ष विश्वासदीप तिगेलाले गीति एल्बम मुटुको सांगीतिक पक्ष र गीति पक्षको समिक्षा गदै करिश्माको शाव्दिक सिर्जनाको व्याख्या गरेका थिए । उनले गीति लेखनका विभिन्न पक्षहरूको चर्चा गर्दै एल्बमको सफलताको शुभकामना समेत दिए ।
कार्यक्रममा सार्वजनिक गरिएको ‘आंसु लुकाई विदा गरे यो मुटु निचोरी…’ गीतको म्यूजिक भिडियो निर्देशन सुवास रेग्मीले गरेका छन् भने गजित विष्ट र अनु शाहको अभिनय छ । उक्त गीत मेलिना राईले गाएकी छन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु