काठमाडौँ, ७ पुस । बेपत्ता परिवार खोजबिनसम्बन्धी नियमावली तत्काल तयार पार्न बेपत्ता परिवार खोजबिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमा भेटेर तत्काल नियमावली तयार पार्न आग्रह गरेको हो ।
आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफूहरूको आग्रहप्रति प्रधानमन्त्री निकै सकारात्मक पाएको जानकारी दिए । उनले एक हप्ताभित्रमा नियमावली पारित गरिसक्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको पनि बताए । झन्डै १० महिना अगाडि गठन भएको पाँच सदस्यीय आयोगले नियमावलीको मस्यौदा पाँच महिनाअघि नै तयार पारेर सरकारलाई बुझाइसकेको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम कडीका रूपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्र द्वन्द्वका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । पीडितले न्याय पाउन सक्ने गरी काम गर्न पनि आयोगलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।
आयोग गठन भएदेखि अहिलेसम्म आयोगको आचारसंहिता बनाउने, आयोगको नियमावलीको मस्यौदा बनाउने, कार्यालय स्थापना गर्नेलगायतका आन्तरिक काम गरेर बेपत्ताको खोजबिनका लागि स्थलगत भ्रमणमा जाने तयारीमा रहेको आयोगका अध्यक्ष मल्लिकले जानकारी दिए ।
उनले आयोगका लागि पर्याप्त स्रोत साधनको अभाव रहेकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको बताए । प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका अध्यक्ष मल्लिकसहित चार जना सदस्य र आयोगका सचिव पनि गएका थिए ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव