काठमाडौँ, ७ पुस । बेपत्ता परिवार खोजबिनसम्बन्धी नियमावली तत्काल तयार पार्न बेपत्ता परिवार खोजबिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगका पदाधिकारीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालयमा भेटेर तत्काल नियमावली तयार पार्न आग्रह गरेको हो ।
आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आफूहरूको आग्रहप्रति प्रधानमन्त्री निकै सकारात्मक पाएको जानकारी दिए । उनले एक हप्ताभित्रमा नियमावली पारित गरिसक्ने आश्वासन प्रधानमन्त्रीले दिनुभएको पनि बताए । झन्डै १० महिना अगाडि गठन भएको पाँच सदस्यीय आयोगले नियमावलीको मस्यौदा पाँच महिनाअघि नै तयार पारेर सरकारलाई बुझाइसकेको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाको अन्तिम कडीका रूपमा रहेका बेपत्ता परिवार छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले विगतको सशस्त्र द्वन्द्वका असरलाई समाजबाट समाप्त पार्ने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए । पीडितले न्याय पाउन सक्ने गरी काम गर्न पनि आयोगलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका थिए ।
आयोग गठन भएदेखि अहिलेसम्म आयोगको आचारसंहिता बनाउने, आयोगको नियमावलीको मस्यौदा बनाउने, कार्यालय स्थापना गर्नेलगायतका आन्तरिक काम गरेर बेपत्ताको खोजबिनका लागि स्थलगत भ्रमणमा जाने तयारीमा रहेको आयोगका अध्यक्ष मल्लिकले जानकारी दिए ।
उनले आयोगका लागि पर्याप्त स्रोत साधनको अभाव रहेकोतर्फ पनि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको बताए । प्रधानमन्त्री ओलीलाई भेट्न आयोगका अध्यक्ष मल्लिकसहित चार जना सदस्य र आयोगका सचिव पनि गएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित