लन्डन । गृहिणी भएपछि चुलो चौकामै सिमित रहनुपर्ने वाध्यता नेपालतिर अझै छ । छोरी भएर विदेश जानु सहज हुने कुरै भएन, त्यो पनि डेढ दशक अघि । तर, बाग्लुङकी सरस्वती केसीले नेपालको सामाजिक मानसिकता तोडेर जीवनमा केही गर्ने अठोट लिई बेलायत उत्रिइन् सन् २००३ मा ।
शुरुमै अन्य आमनेपाली जस्तै उनले पनि काम थालिन् रेष्टुरेन्टमा । महिलालाई कम चुनौती थिएन् वेट्रेस हुन । राती अबेरसम्म जागिर, ग्राहकको सोच्ने मनस्थिति अनि पारिवारिक वन्धन । विभिन्न व्यवधान बावजुद दशक बढि समय वेट्रेस भएर काम गरेकी सरस्वतीको परिचय अहिले बदलिएको छ । अत्यधिक व्यस्त रहने भेन्यू फाइभमा संगालेको कामको अनुभवपछि अहिले चल्तीकै भाषामा भन्दा उनी ‘मालिक्नी’ भएकी छिन् । सरस्वतीले दुई महिनाअघि देखि नर्थ ह्यारोमा सरस रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेकी हुन् । ‘सधैं जागिरे बन्नु भन्दा आफ्नो सीप र अनुभवले आफैं केही गरौं भन्ने सोचेर यो व्यवसायमा हात हालें’, आइतबार व्यस्तताबीच उनले सुनाइन्, ‘हो, रेष्टुरेन्ट व्यवसायमा अहिले धेरै प्रतिष्पर्धा छ । तर, यही चुनौती सामना गरेर केही पृथक काम गरौं भन्ने जोसले कस्सिएकी छु ।’
पर्याप्त जनशक्ति अभाव र बेलायत सरकारको कडा नियमले यो व्यवसायमा धेरै चुनौती आइपरेको अनुभव सरस्वतीको छ । तर, उनले हरेस खाएकी छैनन् । पति मिलन केसीको साथले पनि यस व्यवसायमा केही गरौं भन्ने दृढता उनको रहेछ ।
इन्डियन, नेपाली र इन्डो चाइनिज खानाका करिब एकसय आइटम सरस रेष्टुरेन्टमा उपलव्ध छन् । अनुभवी सेफले बनाउने स्वादिष्ट खाना, सभा समारोह वा संघसंस्थाका जुनसुकै बैठक गर्नुपरे पर्याप्त स्थान र पार्किङ व्यवस्था, पारिवारिक वातावरण, कर्मचारीहरुको न्यायो आतिथ्य र सहुलियत दर रेष्टुरेन्टका विशेषता रहेको केसीले जनाइन् । रेष्टुरेन्टको सिट क्षमता ७५ छ ।
सोमबारबाहेक सातामा ६ दिन खुल्ने उक्त रेष्टुरेन्टमा अर्डर कलेक्सनमा १५ प्रतिशतसम्म डिस्काउन्टको व्यवस्था छ ।
रेष्टुरेन्टले न्यू इयर इभमा डिजे डान्स एण्ड डिनर कार्यक्रम राखेको छ । सांझ ८ देखि राती एकबजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी भएर भरपुर मनोरन्जन लिन सरस्वतीले आग्रह गरेकी छिन् ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो