लन्डन । गृहिणी भएपछि चुलो चौकामै सिमित रहनुपर्ने वाध्यता नेपालतिर अझै छ । छोरी भएर विदेश जानु सहज हुने कुरै भएन, त्यो पनि डेढ दशक अघि । तर, बाग्लुङकी सरस्वती केसीले नेपालको सामाजिक मानसिकता तोडेर जीवनमा केही गर्ने अठोट लिई बेलायत उत्रिइन् सन् २००३ मा ।
शुरुमै अन्य आमनेपाली जस्तै उनले पनि काम थालिन् रेष्टुरेन्टमा । महिलालाई कम चुनौती थिएन् वेट्रेस हुन । राती अबेरसम्म जागिर, ग्राहकको सोच्ने मनस्थिति अनि पारिवारिक वन्धन । विभिन्न व्यवधान बावजुद दशक बढि समय वेट्रेस भएर काम गरेकी सरस्वतीको परिचय अहिले बदलिएको छ । अत्यधिक व्यस्त रहने भेन्यू फाइभमा संगालेको कामको अनुभवपछि अहिले चल्तीकै भाषामा भन्दा उनी ‘मालिक्नी’ भएकी छिन् । सरस्वतीले दुई महिनाअघि देखि नर्थ ह्यारोमा सरस रेष्टुरेन्ट एण्ड बार सञ्चालन गरेकी हुन् । ‘सधैं जागिरे बन्नु भन्दा आफ्नो सीप र अनुभवले आफैं केही गरौं भन्ने सोचेर यो व्यवसायमा हात हालें’, आइतबार व्यस्तताबीच उनले सुनाइन्, ‘हो, रेष्टुरेन्ट व्यवसायमा अहिले धेरै प्रतिष्पर्धा छ । तर, यही चुनौती सामना गरेर केही पृथक काम गरौं भन्ने जोसले कस्सिएकी छु ।’
पर्याप्त जनशक्ति अभाव र बेलायत सरकारको कडा नियमले यो व्यवसायमा धेरै चुनौती आइपरेको अनुभव सरस्वतीको छ । तर, उनले हरेस खाएकी छैनन् । पति मिलन केसीको साथले पनि यस व्यवसायमा केही गरौं भन्ने दृढता उनको रहेछ ।
इन्डियन, नेपाली र इन्डो चाइनिज खानाका करिब एकसय आइटम सरस रेष्टुरेन्टमा उपलव्ध छन् । अनुभवी सेफले बनाउने स्वादिष्ट खाना, सभा समारोह वा संघसंस्थाका जुनसुकै बैठक गर्नुपरे पर्याप्त स्थान र पार्किङ व्यवस्था, पारिवारिक वातावरण, कर्मचारीहरुको न्यायो आतिथ्य र सहुलियत दर रेष्टुरेन्टका विशेषता रहेको केसीले जनाइन् । रेष्टुरेन्टको सिट क्षमता ७५ छ ।
सोमबारबाहेक सातामा ६ दिन खुल्ने उक्त रेष्टुरेन्टमा अर्डर कलेक्सनमा १५ प्रतिशतसम्म डिस्काउन्टको व्यवस्था छ ।
रेष्टुरेन्टले न्यू इयर इभमा डिजे डान्स एण्ड डिनर कार्यक्रम राखेको छ । सांझ ८ देखि राती एकबजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी भएर भरपुर मनोरन्जन लिन सरस्वतीले आग्रह गरेकी छिन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा