लण्डन । दुर्लभ ल्याण्डरोभर जिप लिलाम बढाबढ प्राप्त रकम नेपालमा समुदायको सेवामा खर्चिइने भएको छ ।
बिलासी कार उत्पादक ल्याण्डरोभरले उत्पादन गरेको बीसौँ लाख श्रृंखलाको डिफेण्डर ल्याण्डरोभर गतसाता लण्डनमा च्यारिटीमा लिलाम बढाबढमा राखिएको थियो ।
ए वन अभ काइण्ड माेडलकाे साे जिप लिलाम बढाबढमा चार लाख पाउण्डमा बिक्री भएको छ ।
जसमध्ये आधा रकम रेडक्रसमार्फत नेपालमा खर्च गरिने बताइएको छ । बाँकी आधा रकम बोन फ्रि फाउण्डेसनलाई दिइने छ ।
ल्याण्ड रोभरले मानवीय तथा संरक्षण साझेदार इन्टरन्याशनल फेडरेसन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटिजलाई सो जिप उपलब्ध गराएको हो ।
रेडक्रसले सो रकम ब्रिटिश रेडक्रस र नेपाल रेडक्रसलाई आधाआधा दिने बताएको छ । सो रकम पूर्वी नेपालमा बाढी लगायत प्राकृतिक प्रकोपलाई सामना गर्ने कार्यमा खर्च गरिने रेडक्रसको भनाइ छ ।
तीन वर्षे कार्ययोजना बनाइ बाढीको पूर्व सूचना दिने साइरन राख्ने, जोखिममा कसरी बाँच्ने बारेमा जनचेतना लगाउने, प्राथमिक उपचार, उद्दार आदिका बारेमा तालिम दिइने रेडक्रसको योजना छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’