लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले गत शनिवार चौंथो वार्षिकोत्सवसहित क्रिसमस जमघट गरेको छ । वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका पेशेवर, ग्राहक, शुभचिन्तक र कम्पनी आवद्ध कर्मचारीहरुको उपस्थिति थियो । एक्सेसको चौंथो वार्षिकोत्सव, क्रिसमस र नयांवर्षका अवसरमा आयोजित उक्त कार्यक्रम अन्तरक्रिया, आपसी चिनजान र मनोरन्जनका लागि तय गरिएको हो ।
कार्यक्रममा एक्सेस फाइनान्सियल सर्भिसेज यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले सहभागीलाई स्वागत र शुभकामना दिंदै आफ्नो कम्पनीको उद्देश्य व्यवसायिक लाभ भन्दा पनि सामाजिक भावनाले ओतप्रोत भएको बताए । कार्यक्रममा उक्त सर्भिसेजका रमेशसिंह सराङकोटी र कुमार गुरुङ पनि सहभागी थिए ।
मोर्गेज, पेन्सन, स्टेट प्लानिङ, इन्भेस्टमेन्ट आदि क्षेत्रमा सेवा दिंदै आएको एक्सेसले केही साताअघिमात्र बेलायतको नेपाली समुदायलाई लक्षित गर्दै मोर्गेज, इन्स्योरेन्स, कर लगायत महत्वपूर्ण विषयमा सम्वन्धित क्षेत्रका वीज्ञहरुबाट निशुल्क परामर्श दिएको थियो ।
परामर्शमा कर बारे एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिरनाथ प्याकुरेल, विलका बारेमा सन्दीप एन शाह, कन्भेयान्सिङबारे सोलिसिटर हितेश बी शाह, मोर्गेजका बारेमा मीन दर्लामी र बिज्नेस म्यानेजमेण्टका बारेमा एन्थोनी मुण्डेले परामर्श दिएका थिए ।
उक्त कम्पनीले परामर्श कार्यक्रम प्रभावकारी बन्दै गएको निष्कर्षसहित सन् २०१६ भित्र नेपाली अत्यधिक रहेका अरु ६ स्थानमा यस्तै कार्यक्रम गर्ने भएको छ । तस्विरहरुः एभरेष्ट गौतम

एक्सेस फाइनान्सियल सर्भिसेज यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामी (बीचमा), रमेशसिंह सराङकोटी (दायां) र कुमार गुरुङ
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो