लन्डन । एक्सेस फाइनान्सियल सर्भिसेज यूकेले गत शनिवार चौंथो वार्षिकोत्सवसहित क्रिसमस जमघट गरेको छ । वेम्लीस्थित वेम्ली तन्दुरी रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका पेशेवर, ग्राहक, शुभचिन्तक र कम्पनी आवद्ध कर्मचारीहरुको उपस्थिति थियो । एक्सेसको चौंथो वार्षिकोत्सव, क्रिसमस र नयांवर्षका अवसरमा आयोजित उक्त कार्यक्रम अन्तरक्रिया, आपसी चिनजान र मनोरन्जनका लागि तय गरिएको हो ।
कार्यक्रममा एक्सेस फाइनान्सियल सर्भिसेज यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामीले सहभागीलाई स्वागत र शुभकामना दिंदै आफ्नो कम्पनीको उद्देश्य व्यवसायिक लाभ भन्दा पनि सामाजिक भावनाले ओतप्रोत भएको बताए । कार्यक्रममा उक्त सर्भिसेजका रमेशसिंह सराङकोटी र कुमार गुरुङ पनि सहभागी थिए ।
मोर्गेज, पेन्सन, स्टेट प्लानिङ, इन्भेस्टमेन्ट आदि क्षेत्रमा सेवा दिंदै आएको एक्सेसले केही साताअघिमात्र बेलायतको नेपाली समुदायलाई लक्षित गर्दै मोर्गेज, इन्स्योरेन्स, कर लगायत महत्वपूर्ण विषयमा सम्वन्धित क्षेत्रका वीज्ञहरुबाट निशुल्क परामर्श दिएको थियो ।
परामर्शमा कर बारे एसएनपी प्लसका ट्याक्स कन्सल्ट्याण्ट समिरनाथ प्याकुरेल, विलका बारेमा सन्दीप एन शाह, कन्भेयान्सिङबारे सोलिसिटर हितेश बी शाह, मोर्गेजका बारेमा मीन दर्लामी र बिज्नेस म्यानेजमेण्टका बारेमा एन्थोनी मुण्डेले परामर्श दिएका थिए ।
उक्त कम्पनीले परामर्श कार्यक्रम प्रभावकारी बन्दै गएको निष्कर्षसहित सन् २०१६ भित्र नेपाली अत्यधिक रहेका अरु ६ स्थानमा यस्तै कार्यक्रम गर्ने भएको छ । तस्विरहरुः एभरेष्ट गौतम

एक्सेस फाइनान्सियल सर्भिसेज यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मिन दर्लामी (बीचमा), रमेशसिंह सराङकोटी (दायां) र कुमार गुरुङ
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल