काठमाडौँ, ६ पुस । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई–मधेसमा जारी आन्दोलनको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको छ ।
सिंहदरबारमा आज भएको वार्ताका क्रममा सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत दलका माग सम्बोधन गर्न सरकारले गरेको निर्णय अवगत गराएका थिए ।
सरकारी टोलीले वार्ता सकारात्मक भएको भन्दै यथाशीघ्र मुलुकको समस्या समाधान हुने अपेक्षा गरे पनि मोर्चाले भने सरकारको निर्णय मधेस आन्दोलनको माग सम्बोधनका लागि पूर्ण नभएको टिप्पणी गरेको छ । वार्तामा सरकारी वार्ता टोलीका साथै मोर्चाका शीर्ष नेताहरुको सहभागिता थियो ।
प्रमुख राजनीतिक दलहरुले तराई–मधेसमा भइरहेको आन्दोलनको माग सम्बोधनका लागि तयार गरेको साझा अवधारणा आइतबारको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो । आजै परराष्ट्रमन्त्री थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरी सरकारले मधेस आन्दोलन सम्बोधनका सम्बन्धमा गरेको निर्णयका बारेमा अवगत गराएका थिए ।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन