
काठमाडौँ, ६ पुस । निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त रु १० करोड बराबरको बैंक जमानत दाखिला गरी तारिखमा छुटेका छन् ।
वन्तमाथि आव ०६९÷०७० र ०७०÷७१ मा विभिन्न सामान खरिद गरी त्यस मातहतका एकाइमा ढुवानी गरेको भनिएका कार्यमा आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
हालसम्म सङ्कलित सबुद प्रमाण एवम् सम्बन्धित व्यक्तिको बयान व्यहोरासमेतको प्रारम्भिक अनुसन्धानबाट निलम्बित वन्तले मिलेमतोमा नक्कली बिल बनाई करिब रु सात करोड भुक्तानी गरी गराई आर्थिक अनियमितता गरेको आरोप आयोगले लगाएको छ ।
भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले निजलाई आयोगले धरौटी जमानतबापत रु १० करोड माग गरेकामा उक्त रकम बराबरको बंैंक जमानत दाखिला गर्न ल्याएकाले निजलाई आज धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा