काठमाडौँ, ६ पुस । टेलियासोनेरा नेपाली मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ६०.४ प्रतिशत सेयर एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ ।
उक्त कारोबार ऋणरहित तथा नगद आधारमा हुने एनसेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “टेलियासोनेरालाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीतिअनुसार हामीले युरेसिया क्षेत्रका सात स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकमा आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौँ ।”
टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजनाअनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई साहै्र खुसी लागेको छ”– टेलियासोनेराका अध्यक्ष तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेको विज्ञप्तिमा उल्लेख छ । एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, भारत, सिङ्गापुर र पाकिस्तानलगायत एसियाको दूरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ ।
मलेसियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एसियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नतिका लागि दीर्घकालीन लगानीकर्ताका रुपमा योगदान पु¥याइरहेको ख्यातिप्राप्त कम्पनी हो ।
टेलियासोनेराको ६०.४ प्रतिशतबाहेक हाल स्थानीय रुपमा नीरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत सेयर पनि एकीकृत गर्नेछ । प्रचलित नेपाली कानुनअनुसार २० प्रतिशत सेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र श्रेष्ठबीच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुने एनसेलले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा