काठमाडौँ, ६ पुस । टेलियासोनेरा नेपाली मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो ६०.४ प्रतिशत सेयर एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलरमा बिक्री गर्न सहमत भएको छ ।
उक्त कारोबार ऋणरहित तथा नगद आधारमा हुने एनसेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । “टेलियासोनेरालाई नयाँ ढङ्गले अगाडि बढाउने रणनीतिअनुसार हामीले युरेसिया क्षेत्रका सात स्थानबाट हाम्रो उपस्थितिलाई न्यून गर्दै नोर्डिक तथा बाल्टिक मुलुकमा आफ्नो व्यवसायमा केन्द्रित रहने योजनाको सेप्टेम्बरमा उद्घोष गरेका थियौँ ।”
टेलियासोनेरालाई अगाडि बढाउने उक्त योजनाअनुरुपको पहिलो कदम तथा ठोस प्रमाणको घोषणा गर्न पाउँदा मलाई साहै्र खुसी लागेको छ”– टेलियासोनेराका अध्यक्ष तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डले भनेको विज्ञप्तिमा उल्लेख छ । एक्सिएटाको हाल छब्बीस करोडभन्दा धेरै ग्राहक तथा पच्चीस हजार कर्मचारी छन् । एनसेलले एक्सिएटाको हाल मलेसिया, इन्डोनेसिया, श्रीलङ्का, बङ्गलादेश, कम्बोडिया, भारत, सिङ्गापुर र पाकिस्तानलगायत एसियाको दूरसञ्चार क्षेत्रमा रहेको सम्पत्ति पोर्टफोलियोलाई अझ बढाउनेछ ।
मलेसियाको स्टक एक्सचेन्जमा अनुसूचित एक्सिएटा दक्षिण एसियामा केन्द्रित तथा विशेषज्ञता राख्ने र आफ्नो व्यवसाय रहेको देशको विकास र उन्नतिका लागि दीर्घकालीन लगानीकर्ताका रुपमा योगदान पु¥याइरहेको ख्यातिप्राप्त कम्पनी हो ।
टेलियासोनेराको ६०.४ प्रतिशतबाहेक हाल स्थानीय रुपमा नीरज श्रेष्ठले लिएको एनसेलको २० प्रतिशत सेयर पनि एकीकृत गर्नेछ । प्रचलित नेपाली कानुनअनुसार २० प्रतिशत सेयर नेपाली नागरिकको हुनु आवश्यक छ । कारोबारको समापनसँगै टेलियासोनेरा र श्रेष्ठबीच सन् २०१२ मा भएको व्यवस्था पनि अन्त्य हुने एनसेलले जनाएको छ ।
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट