काठमाडौँ, ६ पुस । एकीकृत नेकपा(माओवादी)ले सङ्घीय गणतन्त्र नेपालको सङ्घीय संरचनाअनुसार नै पार्टीको संरचना बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले पार्टीको नयाँ संरचना बनाउने जिम्मा पदाधिकारीलाई दिएको छ । नेपालको संविधानमा सात सङ्घीय राज्यको व्यवस्था गरिएको छ । सोही व्यवस्थानुसार पार्टीगत संरचना बनाउने निर्णय आइतबारको केन्द्रीय समितिको बैठकले गरेको थियो ।
स्थायी समिति बैठकले सात प्रदेशमा स्थापित नेताको नेतृत्वमा नै पार्टीको संरचना निर्माण गर्ने निर्णय गरेको छ । सकेसम्म स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यको नेतृत्वमा पार्टीको सङ्घीय संरचना बनाइने विषयमा छलफल भएको बुझिएको छ ।
समानुपातिक तथा समावेशी प्रतिनिधि बढाउने, महिला, आदिवासी, जनजाति तथा विगतमा गरेको त्याग, योगदानलाई आधार बनाएर सङ्घीय संरचना बनाइने एमाओवादीले तयारी गरेको छ ।
एमाओवादी अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चूडामणि खड्काले स्थायी समिति बैठकले सङ्घीय संरचनानुसार पार्टीको संरचना बनाउने भनी गरेको विषयमा मङ्गलबार बस्ने पदाधिकारी बैठकले टुङ्गो लगाउनेछ । उहाँले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, तराई मधेसको आन्दोलनलाई सम्बोधन गर्ने र भारतले जारी राखेको अघोषित नाकाबन्दी लगायत विषयमा छलफल भएको जानकारी दिए ।
बैठकले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्न र वार्ता प्रक्रियालाई सार्थक निष्कर्षमा पुरयाउन सरकारलाई आग्रह गरेको छ ।
बैठकमा एमाओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीका विषयमा समीक्षा गर्नाका साथै जनताका पक्षमा अधिकभन्दा अधिक काम गर्न र जनताको विश्वास जित्न मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा