लन्डन । लन्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराहरुको सूचीमा २६ वर्षीय नेपाली सुमन श्रेष्ठ परेका हुन् । बेलायती अखवार गार्डियनले जनाए अनुसार, सुमनले लन्डन हन्स्लोमा तीनवटा लुटपाट गरेको र सन् २०१० को सेप्टेम्बरदेखि नोभेम्बरभित्र दुई लुटपाट प्रयास गरेको आरोपमा खोजी गरिएका छन् । स्कटल्याण्ड यार्डले थालेको एन्टी बरग्लरी अपरेसन बम्बल बी अन्तर्गत व्यापक खोजिएका दर्जन लुटेरा आरोपीको तस्विर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका लुटेरामा कोही त दश हजार पाउण्ड मुल्य बराबरको सुन लुट्ने पनि छन् ।
आसन्न क्रिसमस र नयां वर्ष पर्वका अवसरमा झन् बढि लुटपाट हुने चिन्ताबीच प्रहरीले बनाएको विशेषज्ञहरुको टोलीले अहिले बेलायती राजधानीभर व्यापक खोजी गरिरहेको जनाइएको छ । प्रहरी तथ्यांक अनुसार, पछिल्लो केही महिनायतामात्र घर प्रवेश गरेर लुटपाट गर्ने क्रम २५ प्रतिशतले वृद्धि भएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा