
लन्डन । धरान समाज यूकेले क्रिसमस पार्टीलाई नै च्यारिटीमा केन्द्रित गरेर सामाजिक अग्रसरतामा एउटा नौलो प्रयोग गरेको छ । आइतबार ह्यारो बरो फुटबल क्लवमा आयोजित समाजको क्रिसमस पार्टी केवल खानपिनमा मात्र सिमित रहेन । पार्टीलाई नै च्यारिटीमा परिणत गरेर समाजले संकलित रकम धरान भानुचोकमा स्काइ ब्रीज (आकाशे पुल) निर्माणमा खर्चने अध्यक्ष उमेशराज मोक्तानले जनाएका छन् । ‘अहिले यति धेरै च्यारिटी हुन थाले कि मानिसहरु पैसा दिंदा दिंदा आजित भइसके । त्यसकारण पैसा मात्र माग्नुभन्दा क्रिसमस पार्टी गरेर दाताहरुलाई मनोरन्जन दिने मनसायले कार्यक्रम गरिएको हो’, मोक्तानले भने ।
करिब ५० लाख रुपैयांको लागतमा आकाशे पुल बनाइने जनाउंदै अध्यक्ष मोक्तानले हालसम्म विभिन्न माध्यमबाट आधाजसो रकम संकलित भइसकेको जनाए ।
शशी थापा सुब्बा र लक्ष्मी राई (लारा) ले सञ्चालन गरेको उक्त कार्यक्रममा क्रिसमस गीत, नाच र डिजे डान्स भएको थियो । टर्कीकी एक युवतीले गरेको बेली डान्समा पनि सहभागी रमाए । राफल चिट्ठामा लन्डन नेपाल न्यूजकी जेनी भट्टराईले पहिलो पुरस्कार न्यू बराह ज्वेलरीको तारा गुरुङको प्रायोजनमा दिइएको गोल्डेन डायमन्ड रिङ जितेकी छन् ।
उक्त अवसरमा दिइएको वेष्ट ड्रेस अन क्रिसमस थिमको पुरस्कार पुरुषमा रोजर विलियसले जिते भने महिलातर्फ सुष्मा गुरुङ र वालवालिकाको क्याटेगोरिजमा कन्चन तामाङ र मोनिका गुरुङले जिते ।
च्यारिटी स्वरुप कैलाश नेपाल, तमु समाज बेलायत, सुवसिंह गुरुङ, विरु तामाङ र देव गुरुङले जनही एकसय एक पाउण्ड सहयोग गरेका थिए । अध्यक्ष मोक्तानले पुरस्कार प्रायोजन र रकम प्रदान गर्ने दाता साथै सहभागीहरुलाई धन्यवाद दिएका छन् ।
उक्त कार्यक्रमको संयोजक थिइन् प्रसन्ना देवान राई । उक्त कार्यक्रममा हंग्री यतीका सञ्चालक माधवलाल श्रेष्ठले सहुलियत दरमा खाना उपलव्ध गराएका थिए ।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार