लण्डन । यसवर्षको प्रतिभा सम्मान साहित्यकार प्रद्युम्न श्रेष्ठ र प्रतिभा पुरस्कार संगीतकार बलबहादुर विश्वकर्मा (बीबी अनुरागी) लाई दिइने भएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका कार्यवाहक अध्यक्ष टंक वनेमको अध्यक्षतामा हालै फार्नबोरोस्थित गोर्खा प्यालेसमा हालै बसेको बैठकले सो घोषणा गरेको हो ।
नेपाली साहित्यलाई लामो समयदेखि सेवा गरेवापत श्रेष्ठलाई प्रतिभा सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । यसैगरी नेपाली संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत अनुरागीलाई पुरस्कार दिन लागिएको हो ।
प्रतिभा सम्मानवापत श्रेष्ठलाई ताम्रपत्र र २० हजार १ रूपैयाँको सम्मान थैलीे र अनुरागीलाई पुरस्कारवापत ताम्रपत्रको साथमा १ लाख १ रूपैयाँको प्रदान गरिने छ ।
पुरस्कार तथा सम्मान काठमाडौंमा एक समारोहको आयोजना गरी वितरण गरिने प्रतिष्ठानले बताएको छ ।
सन् २००८ देखि प्रदान गर्न थालिएको प्रतिभा सम्मान हालसम्म बेलायतका साहित्यकार स्वर्गीय ईश्वर मानन्धर, साहित्यकार जीवी लुगुन, गायक भक्तराज आचार्य, समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, गजलकार बुँद राना र कलाकार टेकबिर मुखियाले पाइसकेका छन् भने प्रतिभा पुरस्कार साहित्यकार नविन विभास, गायक कुबेर राई, कवि तथा लेखक उपेन्द्र सुब्बा, कवि श्रवण मुकारुङ, सात्यिकार मोमिला जोशी, पत्रकार राजकुमार दिक्पाल र कवि भूपाल राईले पाइसकेका छन् ।
शुरुमा सम्मानको राशी १० हजार र पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेकोमा सन् २०१० देखि बढाएर २० हजार १ र १ लाख १ रुपैयाँ पु¥याइएको हो ।
को हुन् प्रद्युम्न श्रेष्ठ ?
सन् १९५४ सालमा सिक्किम राज्यको देन्ताम बजारमा जन्मिएका साहित्यकार प्रद्युम्न श्रेष्ठ विगत पाँच दशकदेखि नेपाली साहित्य लेखनमा क्रियाशील छन् । उनका कविता, गीत, निबन्ध र संस्मरण गरी एकदर्जन भन्दाबढी कृतिहरू प्रकाशित छन् भने हिन्दी लगायत विभिन्न भाषाका पुस्तकहरू उनले नेपालीमा अनुवाद गरेका छन् । सिद्वि, हिमाली प्रकाशन, कनका र भानु स्मारिकाजस्ता विभिन्न पत्रपत्रिकाहरू प्रकाशनमा संलग्न श्रेष्ठ सिक्किमका पुराना साहित्यकार मानिन्छन् । नेपाली साहित्य परिषद सिक्किमका पूर्व अध्यक्ष श्रेष्ठ साहित्य अकादमीका सदस्य समेत रहेका छन् भने सिक्किम लगायत भारतका थुप्रै साहित्यिक र सामाजिक संघसंस्थाहरूमा आवद्व छन् । उनी भारत र नेपालका धेरै संघसस्थाहरूबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् ।
बिबी अनुरागी
पुरस्कृत संगीतकार बिबी अनुरागी पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय र सफल ब्यावसायिक संगीतकारको रूपमा परिचित छन् । २० वर्षदेखि नेपाली संगीतमा सकृय अनुरागीले झण्डै सात हजार आधुनिक र केही लोकगीतहरूमा संगीत भरेका छन् । उनको एकल संगीतवद्व १५ गीति एल्बम बजारमा आइसकेका छन् भने दर्जनौं फिल्महरूमा उनको एकल संगीत रहेको छ । २०५१ सालमा रेडियो नेपालबाट स्वर परिक्षा उत्तीर्ण अनुरागीले २५ गीतहरूमा स्वर र २० वटा लोकगीतहरू समेत संकलन गरेका छन् । उनले इमेज अवार्ड तथा नेफ्टा फिल्म अवार्ड जस्ता विभिन्न एफएम, टिभी र संघसंस्थाहरूबाट पुरस्कृत भएका छन् । अनुरागी हाल प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियो मार्फत नेपाली गीतसंगीतको श्रीवृद्विमा लागि परेका छन् ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]