काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरस्थित जानकी मन्दिरमा गरिएको दुव्र्यवहारको प्रयास र त्यसपछि उहाँमाथि मेधसी मोर्चाका कार्यकर्ताबाट सार्वजनिक रुपमा लगाइएका लाञ्छनाप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
उद्योग एवम् कार्यबाहक सूचना, सञ्चार तथा प्रविधि मन्त्री सोमप्रसाद पाण्डेद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीमाथि गरिएको दुव्र्यवहारप्रति सरकारद्वारा दुःख व्यक्त गर्दै, दुव्र्यवहार गर्ने र असभ्य लाञ्छना लगाउनेलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने जनाइएको छ ।
“अहिलेको २१औँ शताब्दीमा महिला, त्यसमाथि राष्ट्रप्रमुखको जिम्मेवारी सम्हाल्नुभएको सम्मानीय राष्ट्रपतिमाथि लगाइएको लाञ्छना असभ्यताको पराकाष्ठा, दास युगको र सामन्ती चिन्तनको उपजबाहेक केही हुन सक्दैन्”– विज्ञप्तिमा उल्लेख छ ।
सरकारले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाका लागि संसद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गरी संवैधानिक रुपमै कानुनी व्यवस्था गराउन र व्यवहारमा कार्यान्वयन गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका राष्ट्रपति भण्डारीमाथि त्यसप्रकारको लाञ्छना लगाउनु खेदजनक र भत्र्सनायोग्य रहेको जनाएको छ ।
विवाह पञ्चमीमा राष्ट्रप्रमुख वा सरकार प्रमुख सहभागी हुने चलिआएको राष्ट्रिय परम्परालाई निरन्तरता दिने क्रममा राष्ट्रपति त्यहाँ सहभागी हुनुभएको विज्ञप्तिमा जनाइएको छ । “त्यस क्रममा उहाँमाथि गरिएको दुव्र्यवहारले हामीले हाम्रा भावी पिँढीलाई कस्तो संस्कार, आचरण र संस्कृति सिकाइरहेका छौँ भन्ने स्पष्ट हुन्छ, यस्ता प्रवृत्तिले तराई मधेसको संस्कृति, परम्परा, रीतिरिवाजलाई समेत आक्रमण गरेको छ”– विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिमाथि गरिएको दुव्र्यहार एउटी महिलामाथिको मात्र नभएर सिङ्गो महिला जगतमाथिको दुव्र्यवहार हुनुका साथै यस्ता व्यवहार सरकारलाई सह्य नहुने विज्ञप्तिमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल