लन्डन । भूपू गोर्खाहरुले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भेटेर आफ्ना माग सम्वन्धमा छलफल गरेका छन् । लन्डनस्थित नेपाली दूतावास भवनमा शुक्रबार दिउसो भेटवार्ता भएको हो ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका तर्फबाट निर्देशक ज्ञानराज राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्री थापासंग आफ्ना समस्या र गुनासा राखेको थियो ।
करिब आधा घण्टाजति भएको भेटवार्तामा राईले गोर्खा माग केवल गोर्खाहरुको तलव सुविधाको माग मात्र नभई यो नेपालको राष्ट्रिय इज्जत र सम्मानको विषय समेत भएको बताएका थिए । उनले थापासमक्ष ब्रिटेनले गोर्खालीमाथि अन्याय गरेर नेपालका आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक लगायत सबै आधार ध्वस्त बनाइदिएको दावी गरेका थिए । ‘यदि ब्रिटेनले अन्याय नगरेको भए आदिवासी जनजाति पनि अन्य वर्ग र समुदायका दाजुभाई जस्तै राष्ट्र निर्माणमा सक्षम हुन्थे । त्यसैले राष्ट्रिय सद्भाव खलल पार्ने ब्रिटिशसंग डर नमानी नेपाल सरकारले कुरा राखिदिनु पर्यो भन्ने सवाल मन्त्रीसंग उठाएं’, राईले वीनेपालीसंग भने ।
गोर्खाहरुका समस्या सुनेपछि मन्त्री थापाले यहांका राजनीतिज्ञहरुसंग भेट्ने क्रममा भूपू गोर्खाहरुका ऐतिहासिक समस्या राखेको बताए । थापाले बेलायत नेपाल दौत्य सम्वन्ध र ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष मनाइरहंदा गोर्खाहरुले विगतमा गुमाएका कुरा समेत ब्रिटेनले संवोधन गर्नुपर्छ भन्ने विषय उठान गरेको जनाएका थिए ।
मन्त्री थापाले बेलायती समकक्षी र अन्य राजनीतिज्ञहरुसंगको भेटमा ब्रिटिश भूपू गोर्खालाई समानता दिनेबारे ज्याकी डोयल प्राइसको संसदीय प्रतिवेदनलाई आधार बनाउन आग्रह गरेको जनाएका थिए ।
प्रतिउत्तरमा बेलायती समकक्षी फिलिप ह्यामण्डले गोर्खाका समस्या सम्बन्धमा प्राइसको संसदीय प्रतिवेदनका आधारमा ज्यादै मर्कामा परेकालाई ध्यान दिने धारणा राखेको थापाले यसअघि नै बताइसकेका थिए ।
थापाले गोर्खाहरुले न्याय नपाइन्जेलसम्म आफू र नेपाल सरकार गोर्खाहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गरेको राईले जनाए । राईले मन्त्री थापाले ऐतिहासिक अवसरमा ऐतिहासिक सम्वोधन गरेको भन्दै उनी र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।
संयुक्त अधिराज्यको तीन दिने भ्रमण सकेर मन्त्री थापा आजै सांझ नेपाल फर्कने कार्यक्रम छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा