लण्डन । बेलायतको औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले कर्णेल कुमार लामाको केसलाई छिटो टुंगो लगाइदिन बेलायत सरकारलाई अनुरोध गरेका छन् ।
बेलायतका कानुनमन्त्री माइकल गोभलाई उनकै कार्यकक्षमा भेटी थापाले सो अनुरोध गरेका हुन् ।
भेटमा थापाले नेपालमा जारी नयाँ संविधानको विशेषता र हालको राजनीतिक अवस्थाको बारेमा जानकारी गराए । नेपालमा संक्रमणकालिन न्यायमा सुधार भइरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन भइसकेको पृष्ठभूमिमा लामो समयदेखि मुल्तवीमा रहेको कर्णेल लामाको केसलाई टुंग्याइदिन उनले अनुरोध गरेका थिए ।
जवाफमा गोभले कर्णेल लामाको केसलाई समाधान गर्न सक्दो कोसिस गर्ने वचन दिएका थिए । उनले नेपालमा भुकम्पले ल्याएको नेपालमा मानवीय विपत्ति निवारण गर्न बेलायत सरकारको प्रतिवद्धता पनि दोहोर्याए ।
नेपाली सेनाका कर्णेल लामा सन् २०१३ मा युकेमा परिवार भेट्न आउँदा पक्राउ परेका थिए । उनीमाथि नेपालमा द्वन्द्वकालमा मानवअधिकार हननको अभियोग लगाइएको छ । अदालतमा विचाराधीन उनको मुद्दा दोभाषे नपाइएको बहानामा लम्बिँदै गएको छ ।
भेटमा थापाले नेपालको नयाँ संविधानमा प्रजातन्त्रको आधारभूत मूल्य मान्यता र स्वतन्त्रताको व्यवस्था गरिएको बताए । स्वतन्त्र न्यायालयको प्रत्याभूति गरिएको नेपालको नयाँ संविधान साँचो अर्थमा प्रजातान्त्रिक र समावेशी भएको थापाको भनाइ थियो ।
यसैबीच आजै नेपाली दुताबास लण्डनमा बेलायतस्थित विभिन्न संघसंस्थाले थापासित भेट गरेका छन् । गैरआवासीय नेपाली संघ, युके, नेपाल ब्रिटेन सोसाइटी, नेपाल ब्रिटेन एकेडेमिक काउन्सिल, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स, ग्लोबल पोलिसी फोरम, गोरखा सत्याग्रह, राप्रपा नेपालको बेलायतस्थित भातृ संस्था लगायतले थापासित भेट गर्ने अवसर पाएका छन् ।
भेटमा थापाले नेपालको पर्यटन, जलस्रोत, कृषि, पूर्वाधार विकासमा सहयोग गर्न आग्रह गरेकाे बेलायतस्थित नेपाली दुताबासले जनाएकाे छ ।
नेपाल-बेलायतको कुटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्षगाँठका अवसरमा बेलायत आएका उपप्रधानमन्त्री थापा भोलि नेपाल फर्कने कार्यक्रम छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा