मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: ०९:३६ | UK Time: 04:51

संविधानपछि देश नयां युगमाः उपप्रधानमन्त्री (भिडियोसहित)

वीनेपाली
२०७२ पुष ३ गते १५:०८
तस्विर सौजन्य कुशल श्रेष्ठ, कान्तिपुर टिभी

तस्विर सौजन्य कुशल श्रेष्ठ, कान्तिपुर टिभी

लन्डन । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले संविधान जारी भएपछि देश नयां युगमा प्रवेश गरेको बताएका छन् । तीनदिने बेलायत भ्रमणमा रहेका मन्त्री थापाले शुक्रवार एनआरएनए यूके प्रतिनिधिमण्डललाई सम्वोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन् । प्रतिनिधिमण्डल अध्यक्ष मुछेत्र गुरुङको नेतृत्वमा गएको हो ।

‘हामीले संविधानबाट एकैपटक सबैलाई चित्त बुझाउन सकिंदैन । विश्वमा जहांपनि स्वभाविक प्रतिक्रिया आउंछ’, थापाले भने, ‘संविधानले स्थायित्व, शान्ति र प्रजातान्त्रिक वातावरण तयार गर्दछ भन्ने मलाई विश्वास छ ।’ व्यस्तता बाबजुद थापाले प्रतिनिधिमण्डललाई समय दिएका थिए ।

एनआरएनए यूके प्रवक्ता खुशी लिम्बुले लिएको भिडियो हेरौं ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक