लन्डन । आफ्नै वाध्यता र विवशता छन् ब्रिटिश लाहुरे पत्नीका । पल्टने जीवन । मनमा अनेक इच्छा आकांक्षा सांचेर पनि रचनात्मक काम गर्न कि त समय मिल्दैन् कि त पारिवारिक समर्थन । तर, रोमियन लिम्बुको हकमा भने माथिको कुरा खासै लागू भएन । उनको परिचय ब्रिटिश लाहुरे पत्नी भन्दा बढि फिल्मकर्मीका रुपमा स्थापित भएको छ ।
सन् २००७ यता बेलायतको ननिटन बस्दै आएकी रोमियन फिल्म निर्मात्री र नायिका दुवै हुन् । उनले आफ्नो प्रोडक्सन हाउस ‘चेली माइती इन्टरनेशनल फिल्मस्’ बाट दुई वर्ष अघि नागबेली फिल्म बनाइन् । नेपाल, हङकङ र यूकेमा प्रदर्शन भइसकेको उक्त फिल्ममा लाखौं पैसा खन्याउनुको उनको एउटै स्वार्थ थियो, फिल्मतिर सानै देखिको रुची र नेपाली फिल्म विदेशमा समेत प्रवर्धनका लागि । सन् २०१७ मा पनि एउटा फिल्म बनाउने योजना उनले बनाइसकेकी छिन् । रोमियनलाई फिल्मी नसाले छोइसकेको छ । बेला बेला उनी धेरैतिर हात त हालिएन भन्ने चिन्तामा समेत छिन् ।
करिब डेढ दशकअघि केही नेपाली फिल्ममा अभिनय गरेपनि उनी लाहुरे जीवनका कारण खुलेर बाहिर आउन सकेकी थिइनन् । तर, अब श्रीमान्को रिटायर्ड लाइफसंगै उनी यस क्षेत्रमा सक्रिय हुने तयारी गर्दैछिन् ।
हालै मात्र नेपाल गएर उनले ‘भूपू लाहुरे’ नामक फिल्ममा लिडिङ रोल गरेर यूके फर्किएकी हुन् । नेपाल गएका बेला गायक पदम राई र निर्देशक गोविन्द राईको म्यूजिक भिडियोमा समेत अभिनय गरिन् उनले ।
रोमियनको फिल्म कम्पनीले ल्याउने प्रकृति नामक एल्बमका लागि ६ वटा गीत रेकर्ड भइसकेको छ ।
झापा बिर्तामोडकी रोमियन बेलायतस्थित विभिन्न संघसंस्थामा आवद्ध छन् । उनी ब्रिटिश गोर्खा नेपलिज काउन्सिलको कलाकार विभाग संयोजक पनि हुन् । उनी अहिले ‘हट केक’ गायिका इन्दिरा जोशी लगायतका कलाकारको संलग्नतामा यूकेमा कार्यक्रम गर्ने तयारीमा जुटेकी छिन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल