बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: १२:२६ | UK Time: 07:41

वार्ताप्रति सरकार गम्भीर भएन–अध्यक्ष महतो

वीनेपाली
२०७२ मंसिर २८ गते १४:२७

Rajendra Mahato

वीरगन्ज, २८ मङ्सिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ता र संवादप्रति अहिले पनि गम्भीर नभएको आरोप लगाएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका ११ बु“दे मागप्रति सरकार र प्रमुख विपक्षी दल संवेदनशील नदेखिएको आरोप लगाए ।

मधेस आन्दोलनप्रति सरकारले फैलाएको अफवाह चिर्न मोर्चाका शीर्षस्थ नेताले हालै भारत भ्रमण गरेको उल्लेख गर्दै उनले आपूmहरूको भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको उल्लेख गरे ।

अध्यक्ष महतोले राज्यबाट शोषित, पीडित र बहिष्कृत मधेसीले अधिकार प्राप्तिका लागि आन्दोलन गरिरहेकाले यसलाई अन्तर्राष्ट्रिकरण गर्नमा सहयोग र समर्थन गर्न भारतीय सरकार र त्यहा“को नागरिकलाई आग्रह गरिएकोे बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक