काठमाडौँ, २७ मङ्सिर । सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई दिएको र दिन लागेको आजीवन विलासी सुविधा दिनु कानुन विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् भवनलगायतलाई विपक्षी बनाई कञ्चनकृष्ण न्यौपानले आज दायर गरेको रिट निवेदनमा देशको सङ्कटपूर्ण आर्थिक अवस्थामा जनततालाई राहत दिनुपर्ने बेलामा पूर्व विशिष्ट पदाधिकारीलाई विलासी सुविधा दिने तयारी गैरकानुनी भएको उल्लेख छ ।
रिट निवेदनमा भनिएको छ– “सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई कानुनविपरीत आजीवन विलासी सुविधा दिने गरी अर्बांै रुपैयाँ खर्च गर्ने तयारी छ, उक्त निर्णय संविधानको धारा ५ को राष्ट्रिय हितअनुसार आचरण विपरीत छ ।” सरकारले पूर्व विशिष्ट पदाधिकारी पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुखलाई विलासी सुविधा दिनु समानताको हक र कानुनविपरीत भएको रिट निवदेनमा उल्लेख छ ।
भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीबाट इन्धन तथा दैनिक उपभोग्य सामग्रीको अभावजस्तो विषम परिस्थिति र आम नागरिकले हातमुख जोर्नसमेत कठीन परेको अवस्थामा विशिष्ट पदाधिकारीलाई सुविधा दिने नाममा राज्यलाई आर्थिक भार पर्ने भएकाले सो कार्य तत्कालका लागि रोक्न आन्तरिम आदेशको समेत रिट निवेदनमा माग गरिएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]