काठमाडौँ, २५ मङ्सिर । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको भन्दै सर्वत्र चर्को आलोचना भइरहेको बेला प्रमुख दलका केही नेताहरुका लागि आज नेपालका लागि भारतीय राजदूत रणजित रायले दिवाभोज आयोजना गरे ।
भारतीय दूतावास लैनचौरमा आयोजित उक्त दिवाभोजमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दलका नेता एवम् सांसदहरुको सहभागिता थियो ।
सो अवसरमा नेपाल र भारतबीच पछिल्लो दिनमा देखिएको असहज अवस्थाका विषयमा सामान्य कुराकानी भएको भोजमा सहभागी नेताले जानकारी दिएका छन् । उनीहरुले नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो भएकाले त्यसलाई आपसी विश्वासका आधारमा सौहार्द बनाउनुपर्नेमा जोड दिएको बताए ।
भोजमा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, एकीकृत नेकपा (माओवादी)का प्रभु साह, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो ।
भोजमा सहभागी नेपाली काँग्रेसका नेताद्वय विमलेन्द्र निधि र आनन्दप्रसाद ढुङ्गानाले सामान्य दिवाभोजको आयोजना गरिएको आफूहरुलाई आमन्त्रण गरिएकाले सहभागी भएको जानकारी दिए ।
संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग बोल्दै उनीहरुले नेपाल भारत सम्बन्ध र पछिल्लो दिनमा देखा परेको समस्याका विषयमा सामान्य छलफल भएको बताए । दिवाभोजमा सहभागी भएका अन्य नेताले भने कुनै प्रतिक्रिया दिन चाहेनन ।
सो अवसरमा राजदूत रायले भने नेपाल र भारतको विषयमा सामान्य धारणा राखेको बुझिएको छ ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा