काठमाडौँ, २५ मङ्सिर । भारतले अघोषित रुपमा नाकाबन्दी जारी राखेको भन्दै सर्वत्र चर्को आलोचना भइरहेको बेला प्रमुख दलका केही नेताहरुका लागि आज नेपालका लागि भारतीय राजदूत रणजित रायले दिवाभोज आयोजना गरे ।
भारतीय दूतावास लैनचौरमा आयोजित उक्त दिवाभोजमा सत्तारुढ, प्रमुख प्रतिपक्षी दलका नेता एवम् सांसदहरुको सहभागिता थियो ।
सो अवसरमा नेपाल र भारतबीच पछिल्लो दिनमा देखिएको असहज अवस्थाका विषयमा सामान्य कुराकानी भएको भोजमा सहभागी नेताले जानकारी दिएका छन् । उनीहरुले नेपाल भारतबीचको सम्बन्ध सदियौँ पुरानो भएकाले त्यसलाई आपसी विश्वासका आधारमा सौहार्द बनाउनुपर्नेमा जोड दिएको बताए ।
भोजमा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, एकीकृत नेकपा (माओवादी)का प्रभु साह, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, अमरेशकुमार सिंह, सद्भावना पार्टीका लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो ।
भोजमा सहभागी नेपाली काँग्रेसका नेताद्वय विमलेन्द्र निधि र आनन्दप्रसाद ढुङ्गानाले सामान्य दिवाभोजको आयोजना गरिएको आफूहरुलाई आमन्त्रण गरिएकाले सहभागी भएको जानकारी दिए ।
संसद् भवन नयाँ बानेश्वरमा संवाददातासँग बोल्दै उनीहरुले नेपाल भारत सम्बन्ध र पछिल्लो दिनमा देखा परेको समस्याका विषयमा सामान्य छलफल भएको बताए । दिवाभोजमा सहभागी भएका अन्य नेताले भने कुनै प्रतिक्रिया दिन चाहेनन ।
सो अवसरमा राजदूत रायले भने नेपाल र भारतको विषयमा सामान्य धारणा राखेको बुझिएको छ ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा