काठमाडौँ, २५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय सदस्य पुष्पविक्रम मल्ल र नेता विकेश श्रेष्ठले पूरक प्रस्ताव दर्ता गराएका हुन् ।
पार्टीको साङ्गठनिक आधार भत्किएको, जनताबाट कटेको, जनतामा जानेभन्दा आफ्नै तालमा हिँड्ने गरेको भन्दै उहाँहरूले पूरक प्रस्ताव दर्ता गराएको बुझिएको छ ।
उनीहरूले तत्काल सङ्गठन सुदृढीकरण योजना ल्याउन, जनतामा फर्क, जनतामा जाउँ भन्ने नाराका साथ कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको स्वामित्व लिदै अपुग भएका विषयमा संशोधनमार्फत पूर्णता दिनसमेत आग्रह गरेका छन् ।
आजको बैठकमा १२ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिँदै प्रवक्ता दिनानाथ शर्माले उनीहरूले पूरक प्रस्ताव दर्ता गरेको नभई लिखित रुपमा आफ्ना धारणा राख्नुभएको जानकारी दिए ।
बैठकमा धारणा राख्ने नेताहरूले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डता सङ्कटमा परेको बेला प्रष्ट कार्ययोजना ल्याउन, आत्मनिर्भर अर्थतन्त्रको विकासमा ध्यान दिन र विभिन्न पार्टीका रुपमा रहेका माओवादी घटकसँगको एकता प्रक्रिया अगाडि बढाउन जोड दिएका थिए । बैठक शनिबार पुनः ११ बजे बस्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा