काठमाडौँ, २५ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरेर स्थगन भएको छ ।
आज अपराह्न ३ बजेका लागि तय भएको बैठकमा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक मात्रै पेस गर्ने कि संविधान संशोधनसम्बन्धी विधेयक पनि सँगै पेस गर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा बैठक बस्न नसकेको हो ।
व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले यही मङ्सिर २७ गते अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए । बैठक सञ्चालन गर्ने विषयमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दलका नेतासँग संसद् भवन नयाँ बानेश्वरमा नै छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आइतबार बस्ने बैठकमा संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनः निर्माण प्राधिकरण गठनसम्बन्धी दुवै प्रस्ताव पेस गर्ने गरी बैठक स्थगन भएको जानकारी दिए ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह