काठमाडौँ, २५ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरेर स्थगन भएको छ ।
आज अपराह्न ३ बजेका लागि तय भएको बैठकमा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक मात्रै पेस गर्ने कि संविधान संशोधनसम्बन्धी विधेयक पनि सँगै पेस गर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा बैठक बस्न नसकेको हो ।
व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले यही मङ्सिर २७ गते अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए । बैठक सञ्चालन गर्ने विषयमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दलका नेतासँग संसद् भवन नयाँ बानेश्वरमा नै छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आइतबार बस्ने बैठकमा संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनः निर्माण प्राधिकरण गठनसम्बन्धी दुवै प्रस्ताव पेस गर्ने गरी बैठक स्थगन भएको जानकारी दिए ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न