काठमाडौँ, २४ मङ्सिर । फिनल्यान्डले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (तेस्रो चरण) कार्यान्वयनका लागि रु एक अर्ब ८१ करोड अनुदानस्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा नेपालका लागि फिनल्यान्डका राजदूत योर्मा सुभान्तो र अर्थमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गरे ।
अनुदानस्वरूप प्राप्त उक्त रकम मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका अछाम, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला र कैलालीका जनताका स्वास्थ्य, सामाजिक–आर्थिक विकास, खानेपानी र सरसफाइमा समान पहुँच सुनिश्चिततामा खर्च गरिनेछ ।
मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका १० जिल्लामा कार्यान्वयन गरिने ग्रामीण खानेपानी आपूर्ति, क्षमता विकास, समावेशी विकास तथा सरसफाइ कार्यक्रम कार्यान्वयन परियोजनाको मुख्य लक्ष्य हुनेछ ।
आगामी पाँच वर्षसम्म सञ्चालन हुने तेस्रो चरणको उक्त परियोजनाबाट दुई लाख ३४ हजार सर्वसाधारण खानेपानी सेवाबाट लाभान्वित हुनेछन् भने १२ हजार किसानलाई सिँचाइ सुविधा उपलब्ध गराइनेछ । साथै, तीन हजार परिवारले बहुउद्देश्यीय जलपद्धतिबाट लाभ लिनेछन् ।
सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार उक्त परियोजना सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यान्वयन गर्नेछ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग