शनिबार, मंसिर ११ २०७८ | Sat, November 27, 2021
नेपालको समय: २३:५३ | UK Time: 18:08

सुरक्षा परिषद्द्वारा युवा, शान्ति र सुरक्षासम्बन्धी प्रस्ताव २२५० अनुमोदन

वीनेपाली
२०७२ मंसिर २४ गते ११:२४

united-nations

काठमाडौँ, २४ मङ्सिर । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युवा, शान्ति र सुरक्षासम्बन्धी २२५० प्रस्ताव अनुमोदन गरेको छ ।

बुधबार राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा अनुमोदन भएको उक्त प्रस्तावले द्वन्द्व तथा द्वन्द्वपछिको समयमा युवा पुस्ताको सुरक्षाका साथै शान्ति स्थापनामा समाजको भूमिकालाई केन्द्रमा राखेको छ ।

निर्णायक तहमा युवा वर्गलाई समाहित गर्न र शैक्षिक एवम् व्यावसायिक क्षमताको अधिकतम उपयोग गर्न प्रस्तावले विश्वका सबै मुलुकका सरकारलाई प्रोत्साहन गरेको छ ।

करिब छ वर्षअघि विश्वका विभिन्न ४० मुलुकका ७० वटा सङ्घसंस्था तथा संयुक्त राष्ट्रसङ्घीय निकायहरूले उक्त प्रस्ताव अनुमोदनका लागि परिषद्मा प्रस्तुत गरेका थिए ।

हालै फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्कवादी हमलापछि युवा समुदायलाई पनि शान्ति स्थापना र हिंसात्मक अतिवादविरुद्ध परिचालन गर्न उक्त प्रस्ताव सहयोगी हुने अपेक्षा विश्व समुदायले गरेको युनाइटेड नेटवर्क अफ योङ पिसविल्डर्सले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक