
भोजपुर सेवा समाजले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, सार्वभौमसत्ता र संविधानको पालना गर्न निष्ठापूर्वक लागिरहेको बताउनुभएको छ ।
भोजपुरे सेवा समाज, योगमाया स्मृति प्रतिष्ठानलगायतका भोजपुरका विभिन्न सङ्घसंस्थाले आज राष्ट्रपति र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई सम्मान गर्न आज शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले संविधानको पालना गर्न सदा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रपति भण्डारीले भोजपुरको मात्र नभएर नेपालको इतिहासमै महिलाले नयाँ राष्ट्रपति पाउनु आफँैमा गौरवको कुरा भएको भन्दै दक्षिण एसियाली विकासोन्मुख राष्ट्रमा महिला राष्ट्रपति भएकामा सबै खुसी भएको आफूले पाएको उल्लेख गर्नु भयो ।
राष्ट्रपति भण्डारीलाई भोजपुरे समाजका अध्यक्ष पासाङदोर्जे शेर्पा र योगमाया स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन बस्नेतले छुट्टाछुट्टै सम्मान गर्नुभएको थियो ।
त्यस्तै, भोजपुरमा जन्मिएर सरकारको प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री हुनुभएका शेरधन राईलाई पनि समाजका अध्यक्ष शेर्पा र प्रतिष्ठानका अध्यक्ष बस्नेतले सम्मान गर्नुभयो ।
समाजका अध्यक्ष शेर्पाले प्रजातन्त्र प्राप्तिका लागि ठूलो त्याग, तपस्या र योगदान पुरयाउनुहुने योगमाया न्यौपानेलाई राष्ट्रिय विभूतिको घोषणा गर्नुपर्ने माग गर्नुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?