
फलेवास (पर्वत) २३ मंसिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकताबद्ध भएर पार्टीलाई जोगाउन कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘कस्तो बन्यो संबिधान अब सुरु गरौँ एकताको अभियान’ भन्ने नाराका साथ पर्वत आइपुग्नुभएका उपसभापति पौडेलले आज कार्यकर्तालाई पार्टीभित्र रहेको अन्तर्विरोध कम गर्दै एकताको सन्देश दिन अभियान सुरु गरिएको जानकारी दिए ।
अहिलेसम्म मुलुकमा भएका ठूला परिवर्तनमा काँग्रेसले नेतृत्व गरेको उनको भनाइ थियो ।
माओवादीले सुरु गरेको जातीय राज्य र सीमाङ्कनको विवाद झिकेर देशलाई नै विखण्डन ल्याउने कार्य गरेको आरोप लगाउँदै उहाँले माओवादीकै कारण अहिले मधेसमा आन्दोलन भएको दाबी गरे ।
उनले पछिल्लो समयमा पार्टी सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा दुबैको भूमिका राष्ट्रिय राजनीतिमा निष्प्रभावी देखिएकाले आगामी महाधिवेशनमा आफू सभापति दौडमा होमिएको प्रष्ट्याए ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा