
नेपाली काँग्रेस खोटाङ क्षेत्र नै २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका तथा कोशलराज रेग्मी—जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गरेको भन्दै नेपाली काँग्रेसका युवा नेता गगन थापालाई सम्मान गर्दै सभापति सुशील कोइराला । तस्बिर ः अच्युत रेग्मी, रासस
काठमाडौँ, २२ मङ्सिर । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली काँग्रेसको अगुवाइमा मधेसको समस्या समाधान हुने बताउनुभएको छ ।
नेपाली काँग्रेस खोटाङ क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको वर्तमान राष्ट्रिय राजनीतिक सङ्कट समाधानमा नेपाली काँग्रेसको भूमिका विषयक अन्तर्कृ्रयाका साथै कोशलराज रेग्मी–जयबहादुर राई स्मृति पुस्तकालयको भवनमा सहयोग गर्ने दातालाई सम्मान कार्यक्रममा सभापति कोइरालाले वार्ता र संवादका माध्यमबाट तराईको समस्या समाधान हुने धारणा राख्नुभएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका कोइरालाले आफ्नो सरकारको पालामा बनेको संविधान कार्यान्वयन गर्न आफ्नो दल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । राष्ट्रिय स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि नेपाली काँग्रेसले कसैसँग सम्झौता नगर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले संविधानले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गरेको भन्दै समावेशी र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरिने बताउनुभयो । उहाँले पार्टीको आगामी महाधिवेशनले ६०, ४० को भागबन्डा अन्त्य गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।
नेपाली काँग्रेसका कोषाध्यक्ष चित्रलेखा यादवले मधेसका मुद्दालाई समेट्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन हुन सक्दैन, राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले राष्ट्रिय एकता आवश्यक छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसको महत्वपूर्ण भूमिका हुने स्पष्ट पार्नुभयो । उहाँले देशलाई अगाडि बढाउने प्रमुख जिम्मा नेपाली काँग्रेसको भएको बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले संविधान घोषणासँगै मुलुकमा चुनौती थपिएकाले ती चुनौतीको सामना गर्न नेपाली काँग्रेस अग्रसर हुनुपर्ने बताउँदै हिमाल, पहाड र तराईका जनताको समान हकअधिकार कायम हुनेगरी संविधान कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थ भट्टराईले नेपालको राष्ट्रियता हिमाल, पहाड र तराई भएकाले तराईको समस्या समाधान गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश