
काठमाडौँ, २१ मङ्सिर । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले त्यहाँका विभिन्न राजनीतिक नेतासँग भेटवार्तालाई जारी राखेका छन् ।
यसैक्रममा उनीहरुले इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराजदूत जयन्त प्रसाद, देव मुखर्जी, शिवशङ्कर मुखर्जी, श्यामशरणलगायतको सहभागिता थियो ।
मधेसी मोर्चाका नेता त्यहाँका विभिन्न पाँच सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि व्यस्त रहेको मोर्चाका एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले राससलाई जानकारी दिए । उनका अनुसार मङ्गलबार मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्नेछन् ।
यसअघि आइतबार हैदराबाद हाउसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका मोर्चाका नेताले नेसनलिस्ट काँग्रेसका नेता करण सिंह, डिपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम येचुरीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
आइतबार भारत गएको मोर्चाको टोली बुधबार स्वदेश फर्कने कार्यक्रम छ । मोर्चा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नेपालको मधेस आन्दोलनबारे भारतीय सरकार र भारतीय राजनीतिक दललाई जानकारी गराउन नयाँ दिल्ली पुगेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा