
व्यवस्थापिका संसदको बैठक अवरोध गर्न रोष्टम अगाडि नाराबाजी गर्दै मधेसी मोर्चाका सभासद्हरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २० मङ्सिर । मधेसकेन्द्रित दलका सांसद्को नाराबाजीका कारण व्यवस्थापिका–संसद्को आजको बैठक पनि अवरुद्ध भयो ।
निर्धारित समयभन्दा दुई घन्टा ढिलो बैठक बस्ने जनाउ घन्टी बजेपछि बैठक कक्षमा एकत्रित भएका सांसद्ले राष्ट्रिय गान सकिनेबित्तिकै नाराबाजी सुरु गरिहाल्नुभयो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित नेपाली काँग्रेस, नेकपा (एमाले) र नेपाल मजदुर किसान पाटीका सांसदले आआफ्नो आसनमा नबसी नाराबाजी र आफ्ना कुरा भन्न थालेपछि सभामुखले उहाँहरुलाई बोल्न समय दिने भन्दै बस्न आग्रह गर्नुभयो ।
सभामुखले मुलुकमा हाल उत्पन्न समस्या सम्बोधन गर्ने गरी ‘नेपालको संविधान’ (पहिलो संशोधन), २०७२ प्रस्तुत गर्ने कार्यसूची रहेकाले सबै समस्याको निकास सदनबाटै खोज्न सकिने पटक पटक बताउँदै प्रक्रियामा प्रवेशका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
आजैको बैठकमा मुलकको समसामयिक अवस्थाबारे सरकारको धारणा स्पष्ट गर्न परराष्ट्रमन्त्री कमल थापाले जानकारी गराउने भएकाले शान्त एवम् संयमित भई बैठक सञ्चालनमा सहयोग गर्न सभामुखले पुनः अनुरोध गर्नुभयो ।
सभामुखको अनुरोधलाई बेवास्ता गर्दै विशेषगरी मधेसकेन्द्रित दलका सांसदले सभामुखको आसन अगाडि आएर नाराबाजी गरेपछि सभामुख ओनसरी घर्तीले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगन गरिएको घोषणा गर्नुभयो ।
आजको बैठकमा प्रधानमन्त्री एवम् मन्त्रिपरिषद् कार्यालयबाट सदनलाई प्राप्त पत्र वाचन गर्ने र महिला बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो । लामो समयदेखि उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत हुन सकेको छैन ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?