कान्तिपुर दैनिकका अनुसार, अख्तियारले १२ पूर्वमन्त्री, ३ सचिवसहित २९ जना प्रभावशाली व्यक्तिलाई पत्र काटेर छानविन सुरु गरेको छ । अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा २९ जनाकै बैंक लकर बन्द गरि सात दिनभित्र बयान दिन बोलाएको समाचारमा उल्लेख छ ।
चितवन, २० मङ्सिर । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अख्तियारको कारबाहीप्रति कडा आपत्ति जनाए ।
कान्तिपुर दैनिकका अनुसार, अख्तियारले १२ पूर्वमन्त्री, ३ सचिवसहित २९ जना प्रभावशाली व्यक्तिलाई पत्र काटेर छानविन सुरु गरेको छ । अख्तियारले अकुत सम्पत्ति आर्जनको आशंकामा २९ जनाकै बैंक लकर बन्द गरि सात दिनभित्र बयान दिन बोलाएको समाचारमा उल्लेख छ ।
नेता नेपालले प्रश्न सुन्ने बित्तिकै भने, “अति भो !” अख्तियारले सरकारी ओहोदामा रहेर अकूत कमाउनेलाई केही नगर्ने तर संलग्न नै नभएको व्यक्तिलाई मुछेर के गर्न खोजेको ? उनले प्रश्न गरे । निजी व्यापार गरेका र कुनै पनि अख्तियार दुरुपयोग नगरेका व्यक्तिलाई बिनाकारण मुछ्नु गलत भएको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा नेता नेपालले सदियौँदेखिको नेपाल–भारत सम्बन्धलाई सुमधुर पार्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्दै ऋषिमन बनाएर नाकाबन्दी खोल्न आग्रह गरे । हामी नेपाली अरूको मामिलामाथि हस्तक्षेप गर्दैनौँ भन्दै उनले भने–“अरूले हस्तक्षेप गरेको पनि हामीलाई मन पर्दैन ।”
बाह्रबुँदे सहमति पनि भारतीय शासकको रोहवरमा नभएको स्पष्ट पार्दै उनले भने, “नेपाली प्रवासीको निवास र भारतीय कम्युनिस्ट पार्टीहरूसँग बसेर सहमति भयो, तर त्यहाँका शासकसँग हामीले सम्झौता गरेनौँ ।” अहिलेको संविधान मधेसमैत्री भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, “यो संविधानमा जे जति आयोग बनेका छन् यो मधेसकै पक्षमा छ ।”
मधेसी, मुस्लिम, थारू, दलित, महिला आयोग सबै आयोग मधेसीको पक्षमा रहेको भन्दै उनले दुई नम्बर प्रदेशले सिङ्गो मधेसीहरूको भावनाको सम्मान गरेको बताए ।
उनले संविधान बढी समावेशी रहेको र अधुरो नभएको दाबी गरे । भारतप्रति इङ्गित गर्दै उनले प्रश्न गरे, नेपाली जनताको अत्यधिक सहभागिताबाट संविधान बनाउनु के नेपालको अपराध हो ? मधेसीको आन्दोलनबाट सबैभन्दा बढी मधेसी नै प्रभावित भएको भन्दै उनले भने, “समस्या झन् गहिरिएको छ, कष्ट बढी मधेसीले व्यहोर्नु परेको छ, के यो जायज हो ?”
भारतबाट हुँदै आएको आपूर्तिको १५ प्रतिशत मात्रै आयात नेपालमा अहिले भएको भन्दै उनले यसले आर्थिक क्षेत्र अस्तव्यस्त बनेको, उद्योग, व्यापार, पर्यटन लगायतका क्षेत्र सङ्कटग्रस्त भएको बताए । नेपालीहरू अर्काको दूतावास धाएर बिग्रिएको बताउँदै उनले यो रोग राम्रो नभएको भन्दै नेपालको मामिलामा सल्लाह लिन विदेशीकहाँ जान नहुने बताए ।
उता, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि रिस साँधेको बताएका छन् । भरतपुरमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गत वर्ष अर्थ समितिमा आयोगका प्रमुख आयुक्तलाई बोलाएकै कारण आफूमाथि रिस साँधेर अनुसन्धानको सूचीमा राखिएको बताए ।
विस्तृत आफूलाई थाहा नभइसकेको भन्दै उनले भने, “तपाईंहरू सबैलाई थाहै छ, गत वर्ष अर्थ समितिले बोलाउँदा आउने÷नआउनेदेखि, चर्काचर्की र बीचैमा उठेर हिँड्ने काम भएको थियो, त्यसैको रिस साँधिएको होला ।”
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहेका पाण्डेले भने– “आफ्नो जिम्मेवारीलाई यसरी गलत ढङ्गबाट प्रयोग गर्नु हुँदैन ।”
उनले आफूले एक सुका तलमाथि कतै नगरेको जिकिर पनि गरे । उनले सांसद कोषको रकममा समेत कुनै अनियमितता नहोस् भनेर आफूले सजग गराएको स्मरण गराए । अख्तियारले आफ्नो दायराभन्दा बाहिर गएर काम गरेको उनको दावी थियो ।
उद्योगी, व्यवसायीलाई समेत बिनाकारण अनुसन्धानको दायरामा राखेको भन्दै उनले कसैले पनि काम गर्न नपाउने ? भन्दै प्रश्न गरे ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत