
काठमाडौँ, १८ मङ्सिर । मुलुकको पछिल्लो राजनीतिक समस्यालाई समाधान गर्न कसरी अगाडि बढ्ने भन्ने विषयमा प्रमुख दलबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बिहीबारको बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाउन सहमत भएका दलले तराई मधेसमा आन्दोलनरत दलसँग कुन आधारमा कसरी सहमति गर्न सकिन्छ भन्नेमा छलफल केन्द्रित गरेको बताइएको छ ।
प्रमुख दलसँगको छलफल र समान धारणा तय गरेपछि मधेसी मोर्चासँग पुनः सामूहिक छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखिको तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको जनजीवन नराम्ररी प्रभावित भएको, दैनिक उपभोग्य वस्तुको आयात, इन्धनलगायत अत्यावश्यकीय सामग्री अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न लाग्नुपर्नेमा प्रमुख दल सहमत भएका छन् ।
आजको बैठकमा संविधान संशोधनको विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीमबहादुर रावल र नेता एवं कानुनमन्त्री अग्नि खरेल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतको सहभागिता छ ।
प्रमुख दलबीच समान धारणा तयार पारी आन्दोलनरत मधेसी मोर्चाका नेतासँग छलफल गर्ने तयारी गरिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल