
काठमाडौँ, १८ मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुन जापानी सम्राट् अकिहितोको ८२औँ शुभजन्मोत्सवका अवसरमा जापानी राजदूत मासासी ओगावाले आज यहाँ आयोजना गरेको स्वागत समारोहमा सरिक भएका छन् ।
त्यस अवसरमा उपराष्ट्रपति पुनले नेपाल र नेपाली जनताका तर्फबाट जापानी सम्राट्को सुस्वास्थ्य र दीर्घायुको कामना गरे । उनले नेपाल र जापान आफ्नो दौत्यसम्बन्ध स्थापनाको छ दशक पूरा गरिसकेका असल मित्र राष्ट्र हुन् भन्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा जापानले पुरयाउँदै आएको सहयोगका लागि जापान सरकारलाई धन्यवाद समेत दिए ।
सो अवसरमा जापानी राजदूत ओगावाले एक असल मित्र राष्ट्रका हैसियतमा जापानले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने स्पष्ट गर्दै हालै जारी संविधान कार्यान्वयन मार्फत सदैव शान्त र समृद्ध नेपाल देख्ने जापानको चाहना रहेको बताए ।
राजदूत ओगावाले संविधान जारी भएपछिको परिस्थितिमा नेपाली नागरिकले ऊर्जा लगायत विभिन्न क्षेत्रमा समस्या भोगिरहेकोप्रति जापान सरकारको गम्भीर ध्यानाकर्षण भइरहेको प्रसङ्ग पनि उल्लेख गरे ।
समारोहमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, सभासद्, पूर्वमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपालमा रहेका विदेशी नियोगका प्रमुख र प्रतिनिधि तथा नेपालमा रहेका जापानी नागरिकको सहभागिता थियो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?