
लमजुङ, १८ मङ्सिर । तीन महिनाभन्दा लामो समयको तराई बन्द र संविधान जारी भएपछि भारतीय पक्षले गरेको अघोषित नाकावन्दीका कारण पेटोलियम पदार्थको अभाव भएपछि लमजुङमा निर्माणाधीन पाँचवटा आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावका कारण उत्तरी लमजुङको भुलभुलेमा निर्माणाधीन ५० मेगावाट क्षमताको ‘माथिल्लो मरस्याङ्दी ए’ जलविद्युत् आयोजना मिदिम खोलामा निर्माणाधीन तीन मेगावाट क्षमताको तल्लो मिदिम जलविद्युत् आयोजना, दोर्दी करिडोरमा निर्माणाधीन २८ मेगावाट क्षमताको सुपर दोर्दी, ४९ मेगावाट क्षमताको तल्लो दोर्दी आयोजना र २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी–ए जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।
इन्धन अभावकै कारण आयोजनाका विद्युतीय तथा अन्य सवारी साधान प्रयोग गर्न नसकिने भएपछि बाध्य भएर आयोजनाको काम बन्द गर्नुपरेको आयोजना पक्षको दावी छ ।
लगातारको बन्दका कारण सन् २०१५ को डिसेम्बरमा निर्माण सम्पन्न हुने भनिएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ ले आयोजना सम्पन्न मितिलाई छ महिनापछि सारेको छ ।
जिल्लामा निर्माणाधीन आयोजनाका लागि दैनिक १० हजार डिजेल र पाँच हजार लिटर पेट्रोलको आवश्यकता पर्ने भएपनि जिल्लामा मुस्किलले १५ सय लिटर डिजेल प्राप्त भएको प्रमुख जिल्ला अधिकारी मोहन अकेलाले जानकारी दिनुभयो ।
जिल्लामा भित्रिएको डिजेल एम्बुलेन्स, प्रहरी तथा नेपाली सेनाको अत्यावश्यक कामका लागि समेत अपुग भएकाले सर्वसाधारणका लागि उपलव्ध गराउन नसकिएको पम्प सञ्चालकको भनाइ छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न