
जनकपुरधाम, १६ मङ्सिर । राजमार्ग केन्द्रित आन्दोलन सञ्चालन गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले सरकारले जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन् ।
आज धनुषाको ढल्केबरमा आयोजित आमसभामा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस सङ्घीयताको जननी भएपनि अहिले मधेसलाई नै सङ्घीयताबाट वञ्चित गराउन खोजिएको बताउनुभयो ।
अहिले मधेसको विरोधमा दलहरु एक ढिक्का भएको धारणा राख्दै उहाँले वर्तमान सरकारसमेत मधेस विरोधी भएको आरोप लगाउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनता आफ्नो अधिकार र पहिचानको लागि सङ्घर्ष गरिरहेको चर्चा गर्नु भयो ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा जारी आन्दोलनमा सरकारले गरेको बल प्रयोग नरोकिएसम्म वार्ता नहुने धारणा राख्नु भयो । उहाँले मधेसी जनताले आफ्नो अधिकार नपाएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मधेसको आन्दोलनलाई अहिले निर्णायक बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि