काठमाडौँ, १६ मङ्सिर । एकीकृत नेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम विस्तारित बैठकले राष्ट्रिय स्वाधीनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजीविका र सामाजिक सद्भावका लागि देशव्यापी एक महिने विद्यार्थी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सङ्गठनले आज प्रेस विज्ञप्तिमार्फत् यही मङ्सिर १३ गते सम्पन्न भएको बैठकको निर्णय सार्वजनिक गर्दै अभियानकै एक अङ्गका रुपमा मधेस जागरण अभियान गर्ने जनाएको हो ।
यसैगरी क्रान्तिकारी विद्यार्थी सङ्गठनबीच एकता र ध्रुवीकरणको लागि वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइने, स्ववियु. निर्वाचन सम्पन्न गर्न त्रिविलगायत सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई दबाब सिर्जना गर्नेलगायतका निर्णय गरेको छ ।
सङ्गठनका अध्यक्ष रमेश मल्लले नयाँशक्तिको नाममा बिचलित र बहिगर्मित २६ सदस्यलाई सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरिएको जानकारी दिए ।
यसैगरी सङ्गठनका राज्य समितिका संरचनालाई विघटन गरी प्रादेशिक समितिमा लैजाने, विश्वविद्यालयका संरचनालाई विभागीय संरचनामा पुर्नगठन गरिनेलगायतका निर्णय भएको जनाएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]