काठमाडौँ, १५ मङ्सिर । नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा, भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन यही मङ्सिर २१ देखि पुस २२ गतेसम्म प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा सो जानकारी दिइएको हो ।
कार्यक्रम अन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको छ ।
सो कार्यक्रममा केन्द्रीयस्तरका प्रतिनिधि समेतको उपस्थिति रहने बताइएको छ ।
यहि मङ्सिर २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने सो कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयद्वारा जानकारी दिइयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]