लन्डन । लन्डनस्थित नेपाली दूतावासले पुरानो पासपोर्ट बिनै एमआरपी दिने भएको छ । होम अफिसमा ‘केस’ विचाराधिन भएर पुरानो पासपोर्ट उतै थन्किएका विद्यार्थीलाई यसबाट राहत मिल्ने छ ।
एउटा निवेदन दिएपछि दूतावासले एमआरपी उपलव्ध गराउने छ । तर, उसले होम अफिस, परराष्ट्र मन्त्रालय, इन्टरपोल लगायत अन्य निकायमा पुरानो पासपोर्ट रद्द गरिएको जनाउ दिंदै ‘नल एण्ड भ्वाइड’ भने गरिदिनेछ ।
उता, अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणको नियम अनुसार,२४ नोभेम्बरपछि हस्त लिखित राहदानी अमान्य भइसकेको अवस्थामा दूतावासले एमआरपी बनाइ नसकेका नेपाली राहदानीवहाकलाई ६ देखि ९ महिनासम्मको अस्थायी राहदानी बनाइदिने भएको छ । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले एमआरपी नबनाइन्जेलसम्मका लागि अस्थायी राहदानी बनाउने व्यवस्था गरिएको जनाए । यसबाट आकस्मिक यात्रा, हस्पिटलतिर, लाइसेन्स बनाउन वा अन्य अत्यावश्यक काममा उपयोग गर्न सहज हुनेछ ।
क्षेत्रीले एमआरपी बनेर आइसकेपनि दूतावासबाट धेरैले संकलन नगरेको बताए । ‘कतिपयले वेवास्ता गरिरहेको पाइएको छ । बेलैमा संकलन गर्न नआए फेरि नेपाल फिर्ता पठाउन हामी वाध्य हुनेछौं । त्यसकारण यसमा ढिलाइ नगर्न मेरो आग्रह छ’, क्षेत्रीले भने ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन