लन्डन । लन्डनस्थित नेपाली दूतावासले पुरानो पासपोर्ट बिनै एमआरपी दिने भएको छ । होम अफिसमा ‘केस’ विचाराधिन भएर पुरानो पासपोर्ट उतै थन्किएका विद्यार्थीलाई यसबाट राहत मिल्ने छ ।
एउटा निवेदन दिएपछि दूतावासले एमआरपी उपलव्ध गराउने छ । तर, उसले होम अफिस, परराष्ट्र मन्त्रालय, इन्टरपोल लगायत अन्य निकायमा पुरानो पासपोर्ट रद्द गरिएको जनाउ दिंदै ‘नल एण्ड भ्वाइड’ भने गरिदिनेछ ।
उता, अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणको नियम अनुसार,२४ नोभेम्बरपछि हस्त लिखित राहदानी अमान्य भइसकेको अवस्थामा दूतावासले एमआरपी बनाइ नसकेका नेपाली राहदानीवहाकलाई ६ देखि ९ महिनासम्मको अस्थायी राहदानी बनाइदिने भएको छ । कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले एमआरपी नबनाइन्जेलसम्मका लागि अस्थायी राहदानी बनाउने व्यवस्था गरिएको जनाए । यसबाट आकस्मिक यात्रा, हस्पिटलतिर, लाइसेन्स बनाउन वा अन्य अत्यावश्यक काममा उपयोग गर्न सहज हुनेछ ।
क्षेत्रीले एमआरपी बनेर आइसकेपनि दूतावासबाट धेरैले संकलन नगरेको बताए । ‘कतिपयले वेवास्ता गरिरहेको पाइएको छ । बेलैमा संकलन गर्न नआए फेरि नेपाल फिर्ता पठाउन हामी वाध्य हुनेछौं । त्यसकारण यसमा ढिलाइ नगर्न मेरो आग्रह छ’, क्षेत्रीले भने ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव