
काठमाडौँ, १४ मङ्सिर । व्यवस्थापिका–संसद्ले मौजुदा फौजदारी कानुनमा संशोधन गर्ने भएको छ । व्यवस्थापिका–संसद् विधायन समितिको आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
मुलुकी ऐन १९१० लाई समयसापेक्ष परिमार्जन गर्दै आएको मुलुकी ऐन २०२० लाई संशोधन गर्न आजको बैठकले संशोधनका लागि सर्वसाधारणसँग रायसुझाव माग्ने निर्णय गरेको हो ।
विधायन समितिका सभापति गङ्गा चौधरीको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले मौजुदा फौजदारी कानुनमा उल्लेख गरिएको अंश, विवाह, जग्गा जमिन, सम्पत्तिलगायत देवानी प्रकृतिका र कुटपिट, ज्यान, जबर्जस्ती करणी, चोरी, डाँकालगायत कानुनमा संशोधनका लागि पहिले सर्वसाधारणसँग रायसुझाव माग्ने निर्णय गरेको छ ।
समितिको आजको बैठकले सर्वसाधारणलाई [email protected] मेलमा सुझाव पठाइदिन आग्रह गरेको हो ।
समितिका सभापति गङ्गा चौधरीले मुलुकी ऐन २०२० ले हालसम्म नेपालीको दैनिकी जीवन व्यवहारलाई कानुनीपरिधिमा व्यवस्थित गर्न नसकेको ठहर गर्दै संशोधनको प्रक्रियामा जान लागेको जानकारी दिनुभयो ।
नेपाल सरकारले यसअघि विभिन्न क्षेत्रका विशेषज्ञ समेतलाई सहभागी गराई मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने हेतुले पाँच विधेयक संसद्मा दर्ता गराएको छ ।
देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१, देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७१, फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१, फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७१ र फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७१ संसद्मा दर्ता भई सैद्धान्तिक छलफल समेत सम्पन्न भइसकेको हो ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान