लन्डन । गोर्खाली समाज यूकेले भूकम्प पीडित वालवालिकाका लागि १५ लाख रुपैयांको अक्षय कोष स्थापना गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा शनिबार ब्लु अर्किड रेष्टुरेन्टमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । भूकम्पका कारण गोरखा जिल्लामा ४ सय ४९ जनाको मृत्यु भएकामा दिवगंतका वालवालिकालाई पढाउन अक्षय कोष खडा गर्ने निर्णय भएको अध्यक्ष रोकाले जनाए । अक्षय कोष वार्षिक रुपले बढाउंदै लैजाने निर्णय भएको छ । अक्षय कोष स्थापना गर्न समाजका उपाध्यक्ष जय प्रकाश गुरुङको संयोजकत्वमा एउटा समिति बनाउने निर्णय गरिएको छ ।
समाजले च्यारिटी डिनर र चन्दामार्फत संकलन गरेको रकमले अक्षय कोष स्थापना गरेको हो । भूकम्प लगत्तै समाजले १७ जना युवा सम्मिलित एक टोली गोरखाका अति प्रभावित क्षेत्रमा खटाएको थियो । उक्त टोलीले गाउंमा ७ लाख रुपैयां बराबरको राहत सामाग्री तथा औषधि वितरण गरेको थियो ।
समाजको बैठकमा पूर्व सांसद वीरेन्द्र पोखरेललाई समाजका सल्लाहकार रणध्वज राणाले खादा लगाइ सम्मान गरेका थिए । त्यसैगरि, समाजका अध्यक्ष रोकाले सल्लाहकार फडकजित गुरुङ गोर्खा जिल्ला गुरुङ समाज यूके अध्यक्ष, समाजकी सदस्य कुमारी गुरुङ एनआरएनए यूकेको महिला उपाध्यक्ष र समाजका उपाध्यक्ष जयप्रकाश गुरुङ एनआरएनए आइसीसीको सदस्यमा मनोनित भएकामा खादा ओढाइ सम्मान गरे ।
बैठकमा समाजका सल्लाहकार फडकजित गुरुङ, रणध्वज राणा, राजकुमार गुरुङ, धन गुरुङ, विष्णु तामाङ, कृष्ण दर्लामी, भूपू सासंद वीरेन्द्र पोखरेल र समाजका सदस्यहरुको उपस्थिति थियो । बैठकमा ब्लु अर्किड रेष्टुरेन्टका सञ्चालक बल रायमाझीले खाना प्रवन्ध गरेका थिए ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा