तरूण दलका अध्यक्ष राणासित लण्डनमा अन्तरक्रिया

Uday Rana
लन्डन । लाेक गुरूङ अध्यक्ष रहेकाे नेपाली जनसम्पर्क समिति बेलायतले युके भ्रमणमा रहेका नेपाली काँग्रेसका सांसद तथा नेपाल तरुण दलका अध्यक्ष उदय शम्शेर राणालाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम अायाेजना गरेकाे छ ।
लण्डनस्थित रारा रेष्टुरेन्टमा भएकाे साे कार्यक्रममा प्रमुख अतिथि राणा,विशेष अतिथि  गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, अतिथिहरुमा एनआरएन बेलायतका उपाध्यक्ष हिराधन राई, हाउन्स्लोका उपमेयर विष्णु गुरुङ्ग,एनआरएन बेलायतको पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएन बेलायतका युवा संयोजक रिचर्ड गुरुङ्ग, नेवि संघ बेलायतका उपाध्यक्ष रेशम बश्याल,  जनताको आवाजबाट रोशन राई, लगायत नेपाली कांग्रेसमा आस्था राख्नेहरू उपस्थित थिए ।
कार्यक्रमलाई समितिका सहमहामन्त्री डा. मिन रानाभाटले संन्चालन गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि राणाले नेपालको वर्तमान स्थितिबारे प्रकाश पार्दै यो परिस्थितिलाई वार्ताको माध्यमबाट मात्रै निकास दिन सकिने जिकिर गरे । सरकार, आन्दोलनरत पक्ष  र नेपाली कांग्रेस बीच सकारात्मक वार्ताप्रश्चात मात्र छिमेकी राष्ट्र भारत सँगको चिसिएको सम्बन्ध सदृढ हुनसक्ने उनकाे भनाइ थियाे ।
बेलायतस्थित जनसम्पर्क समितिको विवादको सन्दर्भमा अाफू बेलायत आउनुअघि जनसम्पर्क समिति विभाग प्रमुख केन्द्रिय सदस्य अर्जुन जोशीसँग भएको सम्बादमा लोक गुरुङ्ग नै  जनसम्पर्क समिति बेलायतको आधिकारिक सभापति भएको जोशीको भनाइ उनले उल्लेख गरे ।
कार्यक्रममा एनआरएन आइसिसी सल्लाहकार तथा नेपाल विधार्थी संघका पूर्व केन्द्रिय कोषध्यक्ष विश्वआदर्श पण्डित, एनआरएन युरोप संयोजक कुल आचार्य, एनआरएन आइसिसी सदस्य तथा म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय संयाेजक योगेन क्षेत्री, हाउन्स्लो बाेरोका काउन्सिलर तथा पूर्व उपमेयर विष्णु गुरुङ्ग,समितिका महामन्त्री राजकुमारी त्रिपाठी,नेविसंघ बेलायतका उपाध्यक्ष रेशम बश्यालले मन्तव्य राखेका थिए । सभालाई समितिका कोषाध्यक्ष सूर्य तामाङ्गले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
समितिका सभापति लोक गुरुङ्गले कार्यक्रमकाे व्यवस्थापन जुटाउन सफल भएकोमा उपाध्यक्ष युवराज गुरुङ्गलाई धन्यवाद दिंदै औपचारिक रुपमा कार्यक्रमलाई समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री