
काठमाडौँ, ११ मङ्सिर । भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दी र देशमा देखिएको समस्याका विषयमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत र विभिन्न पार्टीका विदेश विभाग हेर्ने प्रतिनिधिहरुसँग सामूहिक छलफल गरेका छन् ।
परराष्ट्रका प्रवक्ता ताराप्रसाद पोखरेलले अहिले देखिएको असहज परिस्थितिको समाधानका उपायबारे परराष्ट्र जानकारसँग राय सुझाव माग्न आज छलफल कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
उनले छलफलमा विभिन्न कोणबाट सुझाव आएको जानकारी दिँदै भारतसँग कूटनीतिक, राजनीतिकलगायत आवश्यक विभिन्न माध्यमबाट समस्या समाधानका लागि पहल गर्नुपर्नेमा सहभागीले जोड दिएको बताए ।
सहभागीले नाकाबन्दीको आडमा भारतले नेपालमाथि आफ्नो चाहना लाद्न खोजेको बताउँदै त्यसमा सरकार सचेत हुनुपर्ने सुझाव दिएका थिए ।
छलफलका सहभागीले मधेस आन्दोलनको माग समाधानका लागि निष्कर्ष निस्कने गरी ठोस वार्ता गर्नुपर्नेसमेत सुझाव दिएका थिए ।
प्रवक्ता पोखरेलले भारतले गरेको नाकाबन्दी आफँै अन्तर्राष्ट्रिकरण भइसकेको बताउँदै त्यसबारे विश्व समुदाय जानकार भइसकेको बताए ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह