काठमाडौँ, ११ मङ्सिर । नेपाल प्रहरीले इन्धन अभावको समयमा बढी मूल्य लिई कालोबजारी गर्नेविरुद्ध कारबाही गर्नेक्रममा गत एक महिनाको अवधिमा १२४ जनालाई इन्धनसहित पक्राउ गरेको छ ।
नेपाल प्रहरीले कालोबजारीविरुद्ध गत कात्तिक ९ गतेदेखि मङ्सिर ११ गतेसम्म देशभरका १०९ ठाउँमा गरेको कारबाहीमा उपत्यकाबाट ८६ र उपत्यकाबाहिरबाट ३८ गरी १२४ जना पक्राउ गरेको जनाएको छ ।
कारवाहीका क्रममा प्रहरीले उपत्यकाबाट ११ हजार ४१३ लिटरसहित देशभरबाट जम्मा ३३ हजार ४९२ लिटर पेट्रोल, उपत्यकाबाट २४ हजार २९० लिटरसहित देशभरबाट जम्मा २७ हजार ८९३ लिटर डिजेल, उपत्यकाबाट एक हजार ३७५ लिटरसहित देशभरबाट जम्मा एक हजार ४१५ लिटर मट्टितेल र उपत्यकाबाट ५८ थानसहित देशभर जम्मा ७९ थान सिलिन्डर ग्याससमेत बरामद गरेको जनाएको छ ।
यसैबीच यही मङ्सिर ६ गते भक्तपुर नगरपालिका–७ आदर्श चोकस्थित भक्तपुर फ्युल सेन्टरको मिटरमा अनियमितता गरी ठगी गरेको अभियोगमा सञ्चालक पुन्यराम बखाड्यालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
यही मङ्सिर ८ गते भक्तपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रवीण आयल स्टोरको पम्पमा जडान गरेको चिप्स बरामद गरी पम्पका प्रबन्धक मकवानपुरका भिमसेन केसीसमेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’