
गाईघाट (उदयपुर), ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले परापूर्व कालदेखिको छिमेकी देश भएर पनि भारतले अमानवीय तरिकाले नेपालको घाँटी निमोठेको बताउनुभएको छ ।
पूर्वको सुनसरीको चतरा–उदयपुर–कटारी–सिन्धुली हुँदै राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गको अनुगमन गर्न आज उदयपुर आइपुग्नुभएका नेता नेपालले प्रेस चौतारी उदयपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो – “अहिले नेपालीले राम्रो संविधान बनाएबापत घनिष्ट मित्र भनिने छिमेकी भारतले उपहारस्वरुप घाँटी निमोठेको छ । यो नै सबैभन्दा ठूलो विडम्बना हो ।”
आफूहरु हिन्दू भएको दाबा गर्ने भारतीय सरकारले अधिकांश हिन्दू नेपाली बसोबास गरेको नेपालमा सीमा नाका बन्द गरेर आर्थिक रुपमा घाँटी निमोठेको नेता नेपालको भनाइ थियो ।
नेता नेपालले भन्नुभयो – “अहिले नेपालमा सबैले संविधानमा बराबरी अधिकार पाए पनि सबैभन्दा बढी अधिकार मधेसीले पाएका छन् । छुट्टै मधेस प्रदेश पनि मधेसीले नै पाएका छन् ।”
अहिले संयुक्त मधेसी मोर्चाले आन्दोलन छाडेर वार्ताबाट समस्याको समाधान खोज्न पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो ।
वर्तमान संविधानमा केही कमजोरी रहेको भए संविधान संशोधनबाट त्यसलाई सच्याउन सकिने नेता नेपालले बताउनुभयो ।
आन्दोलनका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भइआएकाले अब सुनसरीको चतरा हुँदै उदयपुर, सिन्धुली भएर राजधानी काठमाडाँै जोड्ने वैकल्पिक राजमार्गको स्तरोन्नति गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने पनि नेता नेपालले बताउनुभयो ।
यसका लागि आफूसहितका टोलीले अहिले वैकल्पिक राजमार्गको संयुक्त अनुगमन तथा अध्ययन गरेको र काठमाडौँ फर्केर सरकारलाई तुरुन्त यसको सुधारका लागि ध्यान आकर्षण गर्ने पनि नेता नेपालले जानकारी दिनुभयो ।
उहाँले वर्तमान सरकारलाई खुलेर सहयोग गर्न पनि प्रतिपक्ष दल नेपाली काँग्रेससँग अनुरोध गर्नुभयो ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ