लन्डन । बेलायतका नेपाली चिकित्सकहरुको संगठन ‘दि नेपलिज डक्टर्स एसोसिएसन’ (एनडिए) यूकेले भारतको अघोषित नाकाबन्दी खुलाउन अन्तर्राष्ट्रिय समुदायसंग अपिल गरेको छ । एसोसिएसनले एक विज्ञप्तिमार्फत नाकाबन्दी अन्त्य गर्दै औषधि लगायत नेपाली जनताका अत्यावश्यक स्वास्थ्य सेवाहरुको पहुंचका लागि पहल गरिदिन आग्रह गरेको हो ।
एसोसिएसनले नाकाबन्दीका कारण नेपालमा इन्धन, खाद्यान्न र औषधि अभावले विकराल अवस्था आएको उल्लेख गर्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । यस्तै गम्भीर अवस्था कायमै रहे मानवीय संकट झन् गहिरिने औंल्याउंदै संगठनले यूनिसेफ, अन्तर्राष्ट्रिय रेडक्रस र विश्व स्वास्थ्य संगठन (हु) लाई सहयोग गर्न पनि आग्रह गरेको छ ।
स्मरण रहोस्, दुई महिनादेखि जारी नाकाबन्दीका कारण औषधिका कच्चा पदार्थलगायत विभिन्न औषधि नाकामै रहेका कारण नेपालमा औषधिको अभाव भएको छ ।
धेरै अस्पतालहरु सुचारु हुन सक्ने अवस्थामा नरहेका र सर्वसाधारणहरु इन्धन अभावका कारण एम्बुलेन्स् चल्न नसक्दा मर्कामा परेको तथ्य स्मरण गर्दै एसोसिएसनले वर्तमान अवस्थाले स साना वालवालिका, सुत्केरी महिला र वृद्धवृद्धा अझ बढि प्रभावित भएका जनाएको छ ।
खोप अभाव र भण्डारणको उचित व्यवस्था हुन नसक्दा वालवालिकालाई खोप कार्यक्रम सञ्चालन गर्न नसकिएकोमा समेत एसोसिएसनले चिन्ता व्यक्त गरेको छ । निर्मुल भइसकेका रोग समेत पुनः देखिने चिन्ता पनि एसोसिएसनलाई छ ।
यसैबीच, अधिकांश औषधि वीरगन्ज नाकामा अड्किएकाले त्यसलाई रानी र सुनौली भन्सार नाकाबाट नेपाल ल्याउने तयारी भइरहेको औषधि व्यवस्था सहजताका लागि बनेको सरकारी कार्यदलले जनाएको छ ।
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?