लन्डन । बेलायतका नेपाली तन्नेरीले हांकेको एउटा क्रियाशिल संस्था छ पर्छ प्रोडक्सन्स् लि. । यही संस्थाको त्रैमासिक भेन्चर अन्तर्गत पर्छ क्रियटिभ एण्ड आर्टस् ले गत १४ नोभेम्बरका दिन नेपाली फिल्म निर्माता, संगीतकार र कवि कवयित्रीहरुलाई एउटै स्थानमा जमघट गरायो । इष्ट लन्डनस्थित रग फ्याक्ट्रीमा एकत्रित थिए ति श्रष्टा र युवा दर्शक । नेपालकै झझल्को लाग्ने गरि पलेटी मारेर फिल्म हेर्न, संगीत र कविता सुन्न एकाग्र देखिन्थे दर्शक । कार्यक्रमको उद्देश्य थियो नेपाली प्रतिभाहरुको सृजनालाई अझ विस्तारमा प्रदर्शन गर्ने ।
इभेन्टमा फिल्म निर्माताहरु लक्ष थेवे वान्तवा, सिरिस गुरुङ, भिमसेन लामा, सुस्तिका लिम्बु, अस्मिता सिरिस र साम वाङ्गेल सामेल थिए अनि संगीतकारहरु सुस्मिता पाइजा पुन, श्रेया राई, जेरुसा राई र युगल गुरुङ । कवि कवयित्रीहरुमा थिए लारा राई र समिर गुरुङ ।
इभेन्टका सहसंस्थापक नवल राईले भने, ‘कार्यक्रमको उद्देश्य नेटवर्क विस्तार र सृजनाको क्षेत्रमा एकै खालको रुची र महत्वाकांक्षा भएका प्रतिभाहरुलाई एकै स्थानमा ल्याउनु हो ।’ उनले यस खालको कार्यक्रमबाट नयां पुस्ता प्रेरित हुने विश्वास समेत व्यक्त गरे ।
दुई सत्रमा विभाजित उक्त कार्यक्रमका सबै टिकट विक्री भएकाबाट पनि कार्यक्रमप्रति युवा आकर्षण बढेको प्रमाणित भएको आयोजकको विश्वास छ । कार्यक्रमका सहभागीबीच नेपाल र बेलायतको नेपाली डायष्पोराबीच विचार आदानप्रदान हुने समेत अपेक्षा गरिएको छ ।
कोहीनुर ज्वेलर्स र जुनकिरी इनिसियटिभ्स् ले कार्यक्रमलाई सहयोग गरेका थिए ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?