लन्डन । बेलायतका नेपाली तन्नेरीले हांकेको एउटा क्रियाशिल संस्था छ पर्छ प्रोडक्सन्स् लि. । यही संस्थाको त्रैमासिक भेन्चर अन्तर्गत पर्छ क्रियटिभ एण्ड आर्टस् ले गत १४ नोभेम्बरका दिन नेपाली फिल्म निर्माता, संगीतकार र कवि कवयित्रीहरुलाई एउटै स्थानमा जमघट गरायो । इष्ट लन्डनस्थित रग फ्याक्ट्रीमा एकत्रित थिए ति श्रष्टा र युवा दर्शक । नेपालकै झझल्को लाग्ने गरि पलेटी मारेर फिल्म हेर्न, संगीत र कविता सुन्न एकाग्र देखिन्थे दर्शक । कार्यक्रमको उद्देश्य थियो नेपाली प्रतिभाहरुको सृजनालाई अझ विस्तारमा प्रदर्शन गर्ने ।
इभेन्टमा फिल्म निर्माताहरु लक्ष थेवे वान्तवा, सिरिस गुरुङ, भिमसेन लामा, सुस्तिका लिम्बु, अस्मिता सिरिस र साम वाङ्गेल सामेल थिए अनि संगीतकारहरु सुस्मिता पाइजा पुन, श्रेया राई, जेरुसा राई र युगल गुरुङ । कवि कवयित्रीहरुमा थिए लारा राई र समिर गुरुङ ।
इभेन्टका सहसंस्थापक नवल राईले भने, ‘कार्यक्रमको उद्देश्य नेटवर्क विस्तार र सृजनाको क्षेत्रमा एकै खालको रुची र महत्वाकांक्षा भएका प्रतिभाहरुलाई एकै स्थानमा ल्याउनु हो ।’ उनले यस खालको कार्यक्रमबाट नयां पुस्ता प्रेरित हुने विश्वास समेत व्यक्त गरे ।
दुई सत्रमा विभाजित उक्त कार्यक्रमका सबै टिकट विक्री भएकाबाट पनि कार्यक्रमप्रति युवा आकर्षण बढेको प्रमाणित भएको आयोजकको विश्वास छ । कार्यक्रमका सहभागीबीच नेपाल र बेलायतको नेपाली डायष्पोराबीच विचार आदानप्रदान हुने समेत अपेक्षा गरिएको छ ।
कोहीनुर ज्वेलर्स र जुनकिरी इनिसियटिभ्स् ले कार्यक्रमलाई सहयोग गरेका थिए ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान