लन्डन । नेपाली जनसम्पर्क समिति, बेलायतको एकीकृत समिति विस्तार भएको छ । समितिका संयोजक विज्ञान प्रसाईंले समितिको दुवै पक्षका पदाधिकारी र समितिका सदस्यहरुको विभिन्न चरणमा गरिएको बैठक, औपचारिक तथा अनौपचारिक भेटघाट, सल्लाह र सुझाव अनुसार समितिको पहिलो चरण विस्तार गरिएको जनाए ।
विस्तारित समितिमा चेतनाथ खनाल समूहबाट विकास देवकोटा, राजकुमार शाक्य, युवराज सिंह, मोती भण्डारी, राज सिटौला, आलेख चौहान, शंकर गिरी, तेज राई र रणवीर योङहाङ छन् भने लोक गुरुङ समूहबाट शान्तविनोद लामिछाने, विजन भट्ट, कुमारी गुरुङ, विश्व घिमिरे, कोपिला सुब्बा, राज पाठक, महेश दाहाल, तस्वीर लामा र कृष्ण गुरुङ छन् ।
प्रसाईंले समिति विस्तारसंगै आगामी नोभेम्बर २२ तारिख ४ बजे ह्यारोमा एकीकृत समितिको बैठक बस्ने र महेश दाहाल, विजन भट्ट र किरण राईको प्रतिवेदनका आधारमा आवश्यकता अनुसार कार्य समिति विस्तार गर्न सकिने जनाए ।
उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम आगामी २० डिसेम्बर, २०१५ मा अधिवेशन गर्ने सम्वन्धि सम्पूर्ण निर्णय गरिने भएको छ ।
प्रसाईंले फर्जीपत्र सम्प्रेषण गर्ने समूह तथा सहयोगीहरुले फिंजाएको भ्रममा नपर्न समेत सम्पूर्ण कांग्रेसजनमा अनुरोध गरेका छन् ।
उनले केही समय अघि चेतनाथ खनाल र लोक गुरुङ समूहको संयुक्त विज्ञप्ति भनि आएको समाचारमा खनाल समूहले आफ्नो आशय विपरित वक्तव्य जारी गरिएको भन्दै आपत्ति जनाएको र केन्द्रको निर्देशन अनुसार अधिवेशनमा पूर्ण समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको संस्थापक महामन्त्री तथा खनाल समूहका उपसभापति विकास देवकोटा र खनाल समूहकै महामन्त्री युवराज सिंहले जनाएको उल्लेख गरे ।
यसैबीच, क्षेत्रीय समितिका सभापतिहरु भोजप्रसाद गुरुङ (साउथ इष्ट लन्डन), हितकाजी गुरुङ (अल्डरसट र ह्याम्पसायर), किरण राई (साउथ इष्ट इंग्ल्याण्ड र केन्ट), नवराज न्यौपाने (रेडिङ र बर्कसायर), सूर्य नेम्वाङ (वेष्ट लन्डन) र नारायण आचार्य (नर्थ वेष्ट लन्डन) केन्द्रिय समितिको सदस्य रहने र उनीहरुमा मताधिकार समेत रहने प्रसाईंले जनाएका छन् ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग