एनआरएनए यूकेमा ६५ जना सल्लाहकार

IMG_4341

लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) मा यसपटक पनि जम्बो सल्लाहकार समिति बनेको छ । १५ नोभेम्बर आइतबार फोकस्टन केन्टस्थित लेमन लिफ रेष्टुरेन्टमा अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न संघको छैटौं कार्यसमितिको दोश्रो बैठकमा त्यो संख्या पारित भएको हो ।

कार्यसमितिको सिफारिस बमोजिम अध्यक्ष गुरुङको छनोटमा समाजसेवी डा. 
राघवप्रसाद धिताल (ओविइ), विश्व आदर्श पण्डित, रामशरण सिम्खडा, भक्त गुरुङ, मोहन गुरुङ, कुमार श्रेष्ठ, एलएन पाण्डे, नरेश काङमाङ, भीम महेन्द्र गुरूङ, श्रीचन्द्र गुरूङ, लाेक गुरूङ, पूर्ण लाेक्सम, काजिमान याक्साे, अर्जुन गौतम, बालजंग अर्याल, कल्पना आङबुहाङ, सुशीला कार्की, ह्यारी गुरुङ, जीवन सेन, राजेन्द्र पुडासैनी, विज्ञान प्रसाईं, लगायत जम्मा ६५ जना समाजका अगुवा, समाजसेवीहरुलाई सल्लाहकार चयन गर्ने निर्णय पारित भएको प्रवक्ता खुशी लिम्बुले वीनेपालीलाइ जानकारी दिए ।

बैठकले अध्यक्ष गुरुङको सिफारिसमा ६ जना को अप सदस्यहरु कृष्ण भट्टराई, कोपिला सुब्बा, मन्जु खरेल, डा. राजेन्द्र थापा, ललित गुरुङ र छविमाया पुन समेत मनोनयन गरेको छ ।

महासचिव विजयविक्रम लिङ्देनले सञ्चालन गरेको बैठकले अरु कयौं निर्णयहरु गरेको छ । बैठकले एनआरएनए यूकेको नेपाल हाउस निर्माण परियोजना अगाडि बढाउने निर्णय गर्दै नेपाल हाउस अवधारणा कार्यान्वयन तथा निर्माण समितिमा पूर्ण कार्यसमिति तथा सल्लाहकारहरुलाई सम्मिलित गराउंदै एक महिनाभित्रमा प्रारम्भिक रेखांकन गर्ने जिम्मा इन्जिनियर राजेश पाठकलाई दिएको छ । नेपाल हाउसकाे प्रारम्भिक अनुमानित बजेट १.२५ मिलियन पाउण्ड रहेकाे छ ।

हाम्रा सहयोगी रोशन राईका अनुसार, बैठकले एनआरएनए आइसीसीको निर्णय बमोजिम आकष्मिक राहत कोषका लागि एनआरएनए यूके कार्यसमितिले तत्काल सहयोग संकलन गर्ने र संकलित रकम अघोषित नाकाबन्दीले उत्पन्न औषधि लगायत सामाग्री पैठारीमा खर्चने निर्णय गरेको छ । साेका लागि अाजकाे बैठकमा ७ लाख १५ हजार नेपाली रूपियाँ संकलन भएकाे छ ।

विभाग तथा विभागीय प्रमुखहरुको बारेमा वृहत छलफल पश्चात संस्थागत संयोजन विभागको प्रमुख चयनमा अध्यक्ष मुछेत्र गुरुङले समन्वय गरि टुंग्याउने निर्णय गरिएको छ ।

बैठकमा आर्थिक विभाग संयोजकमा सहमहासचिव अर्जुन कटुवाल तथा सचिवमा कोषाध्यक्ष दीपक श्रेष्ठलाई तोक्ने निर्णय भएको छ । प्रेस पब्लिकेसन विभागको संयोजकमा प्रवक्ता खुशी लिम्बु र सदस्यमा शालिक सापकोटालाई जिम्मा दिइएको छ । 
सदस्यसचिव नियुक्ति कार्यसमितिबाटै संयोजकले पछि गर्ने जनाइएको छ ।
त्यसैगरि, भाषा साहित्य विभागको संयोजकमा सदस्य नारायण पौडेल (गाउंले) लाई नियुक्त गर्ने निर्णय भएको छ भने उद्योग व्यवसाय समन्वय संयोजकमा सहकोषाध्यक्ष ललितकुमार न्यौपानेलाई नियुक्ति गरिएको छ ।
साथै कानुनी परामर्श तथा अनुसन्धान विभाग संयोजकमा सचिव फडिन्द्र भट्टराई र खेलकुद विभाग संयोजकमा उपाध्यक्ष राष्ट्र राईलाई नियुक्त गरिएको छ ।
कल्याणकारी विभागको संयोजकमा च्यारिटी प्रमुख सनतकुमार गुरुङलाई नै जिम्मा दिइएको छ । स्किल ट्रान्सफर विभाग संयोजकमा सचिव कृष्ण तिवारी र एनआरएनए यूकेको वेवसाइट व्यवस्थापन तथा आइटी एक्सपर्ट समन्वय गर्ने जिम्मा सदस्य मिलन गुरुङलाई दिने निर्णय भएको छ ।

संघले यूकेको भौगोलिक अवस्थिति अन्तर्गत नेपालीहरुको जनसंख्या तथा यसको समावेशीतालाई मध्यनजर गर्दै वर्तमान विधानले निर्देशित गरे अनुरुप हाललाई स्कटल्याण्ड, वेल्स र आयरल्याण्डमा एनआरएनए यूके कार्यसमितिले एक एकजना संयोजक तोक्दै कार्यसमितिकै मातहतमा समिति विस्तार गर्दै लैजाने निर्णय भएको छ ।

बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता अनुरुपको अनुशासनमा रहि बैठक सञ्चालक तथा अध्यक्षको अनुमति लिएर मात्र रोलक्रममा आफ्नो विचार व्यक्त गर्ने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । आचार संहिता पालना नगर्ने सदस्यलाई बैठकमा सहभागी गराउन नसकिने मा समेत बैठकमा सर्वसम्मत निर्णय भएको छ ।

कार्यसमितिले आगामी वर्ष सेप्टेम्बर २०१६ मा काउन्सिल बैठक गर्ने निर्णय गर्दै मिति र स्थान तोक्ने जिम्मा महासचिव विजय विक्रम लिङ्देनलाई दिएको छ ।

एनआरएनए यूके पुरानो कार्यसमितिको पहलमा भएको अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार कोष पारदर्शी रुपमा सञ्चालन गर्न कार्यसमितिबाट एउटा समिति गठन गर्ने र उक्त समितिले आवश्यक अनुसन्धान पश्चात क्रियाशिल पत्रकारहरु सम्मिलित एनआरएनए यूके कार्यसमिति पदाधिकारी तथा सदस्यको संयोजन हुने गरि नयां समिति गठन गर्ने निर्णय गरिएको छ । उक्त अनुसन्धान समितिमा अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजयविक्रम लिङ्देन र सचिव फडिन्द्र भट्टराई रहने निर्णय भएको छ । बैठकले पूर्व कार्यसमितिले गठन गरेको पत्रकारिता पुरस्कार सञ्चालक समिति भंग गर्ने निर्णय गरेको छ ।

एनआरएनए वर्ष पुरस्कार सम्वन्धि अध्ययन अनुसन्धान र पूर्ण विवरण सहितको प्रस्ताव पेश गर्ने जिम्मा प्रवक्ता खुशी लिम्बुलाई दिने निर्णय भएको छ साे समितिमा सहमहासचिव अर्जुन कटुवाल पनि रहेका छन् ।

बैठकले एनआरएनए विश्व सम्मेलनबाट युरोप क्षेत्रीय संयोजकमा कुल आचार्य सर्वसम्मत निर्वाचित भएकामा धन्यवाद ज्ञापन गरेको छ । साथै बैठकले विश्व सम्मेलनका क्रममा कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाल्ने राष्ट्र राई र महासचिवको जिम्मेवारी सम्हाल्ने सहमहासचिव अर्जुन कटुवाललाई समेत धन्यवाद दिएको छ । यस अलवा बैठकमा एनआरएनए यूकेको छैटौं महाधिवेशनमा विधान संशोधन तथा परिमार्जन समितिमा योगदान दिएकामा विधान समितिका संयोजक गणेश इजम तथा सदस्य फडिन्द्र भट्टराईलाई पनि धन्यवाद दिइयो । बैठकले कार्यसमितिका युवा संयोजक हरि आचार्य वैवाहिक सम्वन्धमा बांधिएकामा वधाई दिएको छ ।

बैठकमा कोषाध्यक्ष दीपक श्रेष्ठले वर्तमान कार्यसमितिमा हालसम्म भएका आय व्यय विवरण प्रस्तुत गरेका थिए ।

सचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा पुरानो 
कार्यसमितिलाई विदाई तथा सम्मान गरियो । उक्त सत्रमा युरोप संयोजक कुल आचार्य प्रमुख अतिथी थिए । त्यस क्रममा युरोप संयोजक आचार्य, उपाध्यक्ष दासु पाण्डे, आइसीसी सदस्य विश्वासदीप तिगेला, विधान संशोधन समितिका संयोजक गणेश इजम लगायतले मन्तव्य दिएका थिए ।
उक्त अवसरमा युरोपियन च्याम्पियनसिपमा गएर गोल्ड, सिल्भर र ब्रोन्ज मेडल जित्ने सगरमाथा तेक्वान्दो डोजांगका खेलाडीलाई सम्मान समेत गरिएको थियो ।

12240905_1639558566303653_7574594863024307570_o

 

12244314_1639558416303668_1185093821676092722_o

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री