लन्डन । एकसय २९ जनाको ज्यान जाने गरि शनिवार राती फ्रेन्च राजधानी पेरिसमा आतंकवादी हमला भए लगत्तै ब्रिटेनले सुरक्षा सतर्कता बढाएको छ । उग्रवादी समूह आइसिल (इस्लामिक स्टेट) ले कुनै पनि बेला आफूलाई पनि निसाना बनाउन सक्ने ठानेको ब्रिटेनले विशेष सुरक्षा बल परिचालन गरेको हो ।
पेरिस घट्ना लगत्तै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले आइसिलबाट धम्की बढिरहेको जनाएका थिए ।
ब्रिटेनले स्पेशल रिकन्नाइसेन्स् रेजिमेन्ट (एसआरआर) का सैनिक परिचालन गरेको छ । उक्त बलले अन्डरकभर (प्रत्यक्ष नदेखिइने) सशस्त्र प्रहरी अधिकृत र थप प्रहरीहरुलाई साथ दिएको छ । अहिले बेलायतको प्रमुख सार्वजनिक स्थान, अन्डरग्राउण्ड रेल स्टेशन, सपिङ सेन्टर लगायत भीडभाड बढि हुने क्षेत्रमा विशेष सुरक्षा बल परिचालन गरिएको बेलायती अखवार दि टेलिग्राफले सुरक्षा श्रोतलाई उधृत गर्दै जनाएको छ ।
गत बिहीबार अमेरिकी ड्रोन आक्रमणमा ब्रिटिश जिहादी मोहम्मद इमवाजी (जिहादी जोन) मारिएपछि त्यसको बदलामा आतंकवादी हमला हुन सक्ने तर्फ बेलायत सचेत थियो । बेलायतको जासुसी संस्था एमआइ फाइभ र प्रहरीले पनि सुरक्षा समिक्षा र निगरानी बढाइरहेको समाचारमा उल्लेख छ । ब्रिटेनले गत जनवरीमा फ्रान्समै भएको आतंकवादी आक्रमण नजिकबाट नियालेर सोही अनुरुप सुरक्षा नीति अनि प्रशिक्षण अपनाएको थियो ।
प्रति आतंकवाद श्रोतले झण्डै चारसय ५० जना उग्रवादी बेलायती जिहादी सिरियाबाट फर्केको विश्वास गरेको छ । आइसिलले कि त सिरिया वा इराक गएर लड्न वा जान नसके आक्रमण गर्न उक्साइरहेको अफिस फर सेक्युरिटी एण्ड काउन्टर टेरोरिजमका निर्देशक चार्ल्स फारले बुझेका छन् । उनले सिरिया पुगेका ७ सय ५० जना बेलायती जिहादीमध्ये करिब ६० प्रतिशत बेलायत फर्केको र ७० जना मारिएको जनाए । बेलायतलाई फर्किएका जिहादीबाट बढि चिन्ता छ । मेट्रोपोलिटन पुलिस कमिश्नर सर बर्नार्ड होगन ह्वोले पेरिस हमलामा प्रयोग गरिएको हतियार र श्रृंखलावद्ध आक्रमणको प्रकृति गम्भीर खालको भएको जनाएका छन् ।
स्कटल्याण्ड यार्डले यतिखेर सिरिया र इराकका आतंक सम्वन्धि ६ सय मुद्दा अनुसन्धान गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने