
बिएफबिएस् गोर्खा रेडियो फोकस्टनमा अन्तर्वार्ता दिंदै गायक लिम्बु (दायां) र तमुधिं यूके उपाध्यक्ष एवं सहारा यूके सल्लाहकार ज्ञाम गुरुङ ।
लन्डन । यतिखेर यूकेमा छन् पहिलो नेपाली तारा दीपक लिम्बु । नेपालमा अहिले हट केक बनिरहेका उनी सहारा यूकेको च्यारिटी इभेन्टका लागि बेलायत आएका हुन् । यसअघि चार पटकसम्म भिसा रिजेक्ट भएर बेलायत आउन नपाएका लिम्बु यसपटक भने सहारा यूके कार्यक्रममा सहभागी हुन पाएका छन् । सहारा यूके र अल्डरसट एफसीको प्रायोजनले लिम्बुले भिसा पाएका हुन् ।
लिम्बुले भोलि आइतबार, १५ नोभेम्बरका दिन हकिन्स् कम्युनिटी सेन्टर फोकस्टन केन्टमा सांस्कृतिक प्रस्तुति दिने छन् जुन कार्यक्रमको संयोजन तमुधिं यूके उपाध्यक्ष एवं सहारा यूके सल्लाहकार ज्ञाम गुरुङले गरेका छन् ।
लिम्बुको सहभागितामा सहारा यूकेको च्यारिटी इभेन्ट आगामी साता २१ नोभेम्बरमा पार्टी प्यालेस अल्डरसटमा हुने तयारी भइरहेको छ । उक्त कार्यक्रमको संयोजन मिन साहिला गुरुङले गर्दैछन् । सन्डे लिग र सहारा एकेडेमी पोखराको सहयोगार्थ उक्त इभेन्ट हुन लागेको हो ।
सहारा यूकेका सल्लाहकार ज्ञाम गुरुङका अनुसार, नेपाली तारा लिम्बुले २९ नोभेम्बर शनिवार अल्डरसटकै इम्पायर हाउसमा गायन प्रस्तुत गर्ने तय भएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता